निर्मला हत्या प्रकरणमा काठमाडौं वाट पक्राउ परेका रावलले हत्या स्वीकार गर्दै सिआइबीलाई दिए यस्तो बयान

२० मंसिर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको घटनामा काठमाडौंवाट पक्राउ परेका प्रदीप रावलले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । उनले प्रहरीसंगको बयानमा आफुले हत्या गरेको स्वीकार गरेका हुन् ।

निर्मलाको साउन ११ गते बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटना भएको चार महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेपछि प्रहरी प्रमुख आइजिपी सर्वेन्द्र खनाल यो घटनामा आफै संलग्न भएर अनुसन्धान सुरु गरेका छन् ।

केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन्। गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा उनीसंग बयान लिइएको हो । उनले बयानमा घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ।

सीआईबीले रावलसँग गएराति १० बजेदेखि २ बजे बिहान सम्म बयान लिएको थियो। सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन्। घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ।

यसको रिपोर्ट भने शुक्रबार मात्र आउने छ। निर्मलाको छिमेकी रहेका उनी निर्मलाको हत्या भएपछि हराएका थिए । उनका बुवा आमा भने भारतमा बस्दै आएका छन् । उनलाई पनि भारतमै रहेको बताइएको थियो ।

रावलसँगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरिएको छ। उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। उनले आफु चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको पनि प्रहरी सामु बताएका छन् ।

रावललाई महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको स्रोतको दाबी छ । गएरातिको साविति बयानमा आईजीपी खनालका साथमा सिआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीलगायत सहभागी थिए। सीआईबी स्रोतले रावलमाथिको थप अनुसन्धान डीएनए रिपोर्ट आएपछि हुने जानकारी दिएको छ।

यो पनि पढ्नुस 

यो वर्षको दंसै आज अन्तिम दिन अर्थात कोजाग्रत पुर्णीमा हो । यो दिनको बिशेष महत्व रहेको छ । यस रात ल्वाङ्गको सहि प्रयोग गर्न सक्नुभयो भने तपाईँलाई धनको कहिले पनि कमी हुने छैन् ।

कुन बिधि प्रयोग गरेर ल्वाङ्गले तपाइँलाई धनी बनाउन सक्छ जानीराख्नुहोस् र भोली यो बिधि प्रयोग गरी धनि बन्नु होस् ।सर्वप्रथम एउटा सिंगो ल्वाङ्गको आवश्यकता पर्दछ ।

याद राख्नुहोस् की ल्वाङ्ग, फूल सहितको साबुत हुनुपर्छ । यसलाई पुजा घर अथवा लक्ष्मी माताको मूर्ती अगाडी सफा आसनमा राखेपछी ‘ओम श्रीं श्रियै नः’ यो मन्त्रलाई २१ पटकसम्म उच्चारण गर्नुहोस् । यो महामन्त्रको जप पश्चात लक्ष्मी माता प्रशन्न हुने विश्वास रहेको छ ।

बिहिबार भएकोले, पहेलो रंगको धेरै काम हुन्छ । उक्त ल्वाङ्गलाई केशरी वा बेसार जसलाई हल्दी पनि भन्ने गरिन्छ । त्यसमा लतपत गरेर लक्ष्मीमाताको शीरमा सात पटकसम्म घडी जस्तो घुमाउनु पर्छ ।

अब यो ल्वाङ्गलाई खुल्ला छतमा वा यदि आफ्नो घर छैन या घर भएरपनि घरको छत छैन भने जूनको उज्यालो आउने कुनै खुल्ला ठाँउमा लिएर जानुहोस् ।

जहाँ रातभर चन्द्रमाको प्रकाश आईरहोस् । अनि चन्द्रमा तर्फ फर्कीएर ल्वाङ्गलाई हातमा राखी तीनपटकसम्म आफ्ना इच्छाहरु बोल्नुहोस् । याद राख्नुहोस केवल इच्छा भन्नुहोस् गुनासो हाईन् । यसो गर्दा तपाईका अधुरो रहेको काम, जागीर वा सम्पती कमाउने इच्छा जाहेर गर्नुपर्छ ।

बेलुका ९ बजेपछि तपाईंले यो प्रक्रिया अपनाउनु भयो भने यो वर्षभरि तपाईलाई धन सम्पतीको कहिलै कमी हुने छैन् र लक्ष्मीमाताको कृपा दृष्टी हरहमेशा परिरहने छ । एजेन्सी

1 Comment

Leave a Reply

Your email address will not be published.


*