राष्ट्रपति भण्डारी पोल्याण्डबाट स्वदेश फिर्ता

राष्ट्रपति विद्या भण्डारी पोल्याण्डको पाँच दिने औंपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् ।  राष्ट्रपति भण्डारी पोल्याण्डमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धि महासन्धिको २४ औं सम्मेलनमा भाग लिई बिहिबार बिहान स्वदेश फर्किएकी हुन् ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरुलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसरमा उनको सम्मानमा नेपाली सेनाले सलामी अपर्ण समेत गरेको थियो ।

सम्मेलनका क्रममा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनबाट  हुने नकारात्मक असर न्यूनिकरणका लागि संयुक्त राष्ट्र संघसँग सहकार्य गरेर अघि बढने विषयमा गम्भिर छलफल गर्नु भ्रमण दलका संलग्न वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

विमानस्थलमा पत्रकार सम्मेलन गरी उनले सम्मेलनमा सहभागी भएका राष्ट्र प्रमुखहरुसँग पनि राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको नकारात्मक असरलाई न्यूनिकरण गर्ने विषयमा औपचारिक÷अनौपचारिक छलफल गर्नुभएको पनि बताइन् ।

सम्मेलनकै अवसर पारेर राष्ट्रपति भण्डारीले पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडासँग पनि द्धिपक्षीय भेटवार्ता गरेकी छन् । भेट दुवै मुुलुकबीचको सम्बन्ध विस्तार गर्न फलदायी भएको पनि मन्त्री बस्नेतले बताए । सम्मेलनमा १ सय ९६ मुलुकका प्रतिनिधिहरु सहभागी भएका थिए ।

यो पनि पढ्नुस 

यो वर्षको दंसै आज अन्तिम दिन अर्थात कोजाग्रत पुर्णीमा हो । यो दिनको बिशेष महत्व रहेको छ । यस रात ल्वाङ्गको सहि प्रयोग गर्न सक्नुभयो भने तपाईँलाई धनको कहिले पनि कमी हुने छैन् ।

कुन बिधि प्रयोग गरेर ल्वाङ्गले तपाइँलाई धनी बनाउन सक्छ जानीराख्नुहोस् र भोली यो बिधि प्रयोग गरी धनि बन्नु होस् ।सर्वप्रथम एउटा सिंगो ल्वाङ्गको आवश्यकता पर्दछ ।

याद राख्नुहोस् की ल्वाङ्ग, फूल सहितको साबुत हुनुपर्छ । यसलाई पुजा घर अथवा लक्ष्मी माताको मूर्ती अगाडी सफा आसनमा राखेपछी ‘ओम श्रीं श्रियै नः’ यो मन्त्रलाई २१ पटकसम्म उच्चारण गर्नुहोस् । यो महामन्त्रको जप पश्चात लक्ष्मी माता प्रशन्न हुने विश्वास रहेको छ ।

बिहिबार भएकोले, पहेलो रंगको धेरै काम हुन्छ । उक्त ल्वाङ्गलाई केशरी वा बेसार जसलाई हल्दी पनि भन्ने गरिन्छ । त्यसमा लतपत गरेर लक्ष्मीमाताको शीरमा सात पटकसम्म घडी जस्तो घुमाउनु पर्छ ।

अब यो ल्वाङ्गलाई खुल्ला छतमा वा यदि आफ्नो घर छैन या घर भएरपनि घरको छत छैन भने जूनको उज्यालो आउने कुनै खुल्ला ठाँउमा लिएर जानुहोस् ।

जहाँ रातभर चन्द्रमाको प्रकाश आईरहोस् । अनि चन्द्रमा तर्फ फर्कीएर ल्वाङ्गलाई हातमा राखी तीनपटकसम्म आफ्ना इच्छाहरु बोल्नुहोस् । याद राख्नुहोस केवल इच्छा भन्नुहोस् गुनासो हाईन् । यसो गर्दा तपाईका अधुरो रहेको काम, जागीर वा सम्पती कमाउने इच्छा जाहेर गर्नुपर्छ ।

बेलुका ९ बजेपछि तपाईंले यो प्रक्रिया अपनाउनु भयो भने यो वर्षभरि तपाईलाई धन सम्पतीको कहिलै कमी हुने छैन् र लक्ष्मीमाताको कृपा दृष्टी हरहमेशा परिरहने छ । एजेन्सी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*