उपचारका क्रममा खर्च भएको २ हजार नदिएको भन्दै कुटी-कुटी गरि हत्या

 रुकुमको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकले सोही वडाका २२ वर्षीय रविन सार्कीको हत्या गरेका छन् । व्यक्तिगत रिसका कारण विकले सार्कीमाथि कुटपिट गरेका थिए ।

गत मङ्सिर ७ गते आठबीसकोटको राडीबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं ४ गिदीविसा भन्ने ठाउँमा सार्कीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सार्कीले उक्त घटना हुनुभन्दा पहिला विकलाई कुटपिट गरी घाइते बनाएको र त्यसको उपचारका क्रममा खर्च भएको रु दुई हजार नदिएपछि विकले सार्कीलाई कुटेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

घटनाको अनुसन्धान भइरहे पनि प्रारम्भिक अनुसन्धानका क्रममा दुई हजार नदिएकै झोकमा विकले सार्कीलाई कुटपिट गरेको खुलेको प्रमुख नायब उपरीक्षक खड्काले बताउनुभयो ।

सार्कीको उपचारका क्रममा गत मङ्सिर ११ गते मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । कुटपिटपछि फरार भएका विकलाई मङ्सिर १० गते नै जाजरकोटको बगराबाट पक्राउ गरे पनि प्रहरीले आज सार्वजनिक गरेको हो ।

जिल्ला अदालतबाट म्याद थपी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस 

यो वर्षको दंसै आज अन्तिम दिन अर्थात कोजाग्रत पुर्णीमा हो । यो दिनको बिशेष महत्व रहेको छ । यस रात ल्वाङ्गको सहि प्रयोग गर्न सक्नुभयो भने तपाईँलाई धनको कहिले पनि कमी हुने छैन् ।

कुन बिधि प्रयोग गरेर ल्वाङ्गले तपाइँलाई धनी बनाउन सक्छ जानीराख्नुहोस् र भोली यो बिधि प्रयोग गरी धनि बन्नु होस् ।सर्वप्रथम एउटा सिंगो ल्वाङ्गको आवश्यकता पर्दछ ।

याद राख्नुहोस् की ल्वाङ्ग, फूल सहितको साबुत हुनुपर्छ । यसलाई पुजा घर अथवा लक्ष्मी माताको मूर्ती अगाडी सफा आसनमा राखेपछी ‘ओम श्रीं श्रियै नः’ यो मन्त्रलाई २१ पटकसम्म उच्चारण गर्नुहोस् । यो महामन्त्रको जप पश्चात लक्ष्मी माता प्रशन्न हुने विश्वास रहेको छ ।

बिहिबार भएकोले, पहेलो रंगको धेरै काम हुन्छ । उक्त ल्वाङ्गलाई केशरी वा बेसार जसलाई हल्दी पनि भन्ने गरिन्छ । त्यसमा लतपत गरेर लक्ष्मीमाताको शीरमा सात पटकसम्म घडी जस्तो घुमाउनु पर्छ ।

अब यो ल्वाङ्गलाई खुल्ला छतमा वा यदि आफ्नो घर छैन या घर भएरपनि घरको छत छैन भने जूनको उज्यालो आउने कुनै खुल्ला ठाँउमा लिएर जानुहोस् ।

जहाँ रातभर चन्द्रमाको प्रकाश आईरहोस् । अनि चन्द्रमा तर्फ फर्कीएर ल्वाङ्गलाई हातमा राखी तीनपटकसम्म आफ्ना इच्छाहरु बोल्नुहोस् । याद राख्नुहोस केवल इच्छा भन्नुहोस् गुनासो हाईन् । यसो गर्दा तपाईका अधुरो रहेको काम, जागीर वा सम्पती कमाउने इच्छा जाहेर गर्नुपर्छ ।

बेलुका ९ बजेपछि तपाईंले यो प्रक्रिया अपनाउनु भयो भने यो वर्षभरि तपाईलाई धन सम्पतीको कहिलै कमी हुने छैन् र लक्ष्मीमाताको कृपा दृष्टी हरहमेशा परिरहने छ । एजेन्सी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*