प्रियंका चोपडा : बेहुली बन्दा लगाएको ७५ फुट लामो पहिरनबारे संसारभरि चर्चा

बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधवार आफ्नो इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको वेडिङ गाउन सार्वजनिक गरिन्।प्रियंका र अमेरिकी कलाकार निक जोनासले गत साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए।

बीस लाखवटा सिताराजडित सो पहिरन राल्फ लोरेनले डिजाइन गरेका थिए। सबैको ध्यान भने उनको घुम्टोले तान्यो।अहिले इन्टर्नेटमा मानिसहरूले उनको पहिरनबारे चर्चा गर्न थालेका छन्।

धेरै ठूलो भएकाले त्यो घुम्टो बोक्न अरूको सहयोग आवश्यकता परेको थियो।र, केही व्यक्तिले त त्यसलाई अन्य कुरासँग तुलना पनि गरेका छन्।

तुलना: केहीले प्रियंकाको घुम्टोले डचेस अफ ससेक्स मेगन मार्कलको १६ फुट लामो घुम्टोलाई जितेको भनेर टिप्पणी गरेका छन्।प्रियंका चोपडाको यो पहिरनमा हातले नै मोती भरिएको थियो।

शनिवार जोधपुरको उम्मेद भवन राजमहलमा आयोजित समारोहमा यो पहिरन लगाएकी थिइन्।ईसाई परम्परानुसार आयोजित विवाह जोनासका पिता पल केविनले सम्पन्न गराएका थिए।

बिबिसीकाे सहयाेगमा

यो पनि पढ्नुस 

यो वर्षको दंसै आज अन्तिम दिन अर्थात कोजाग्रत पुर्णीमा हो । यो दिनको बिशेष महत्व रहेको छ । यस रात ल्वाङ्गको सहि प्रयोग गर्न सक्नुभयो भने तपाईँलाई धनको कहिले पनि कमी हुने छैन् ।

कुन बिधि प्रयोग गरेर ल्वाङ्गले तपाइँलाई धनी बनाउन सक्छ जानीराख्नुहोस् र भोली यो बिधि प्रयोग गरी धनि बन्नु होस् ।सर्वप्रथम एउटा सिंगो ल्वाङ्गको आवश्यकता पर्दछ ।

याद राख्नुहोस् की ल्वाङ्ग, फूल सहितको साबुत हुनुपर्छ । यसलाई पुजा घर अथवा लक्ष्मी माताको मूर्ती अगाडी सफा आसनमा राखेपछी ‘ओम श्रीं श्रियै नः’ यो मन्त्रलाई २१ पटकसम्म उच्चारण गर्नुहोस् । यो महामन्त्रको जप पश्चात लक्ष्मी माता प्रशन्न हुने विश्वास रहेको छ ।

बिहिबार भएकोले, पहेलो रंगको धेरै काम हुन्छ । उक्त ल्वाङ्गलाई केशरी वा बेसार जसलाई हल्दी पनि भन्ने गरिन्छ । त्यसमा लतपत गरेर लक्ष्मीमाताको शीरमा सात पटकसम्म घडी जस्तो घुमाउनु पर्छ ।

अब यो ल्वाङ्गलाई खुल्ला छतमा वा यदि आफ्नो घर छैन या घर भएरपनि घरको छत छैन भने जूनको उज्यालो आउने कुनै खुल्ला ठाँउमा लिएर जानुहोस् ।

जहाँ रातभर चन्द्रमाको प्रकाश आईरहोस् । अनि चन्द्रमा तर्फ फर्कीएर ल्वाङ्गलाई हातमा राखी तीनपटकसम्म आफ्ना इच्छाहरु बोल्नुहोस् । याद राख्नुहोस केवल इच्छा भन्नुहोस् गुनासो हाईन् । यसो गर्दा तपाईका अधुरो रहेको काम, जागीर वा सम्पती कमाउने इच्छा जाहेर गर्नुपर्छ ।

बेलुका ९ बजेपछि तपाईंले यो प्रक्रिया अपनाउनु भयो भने यो वर्षभरि तपाईलाई धन सम्पतीको कहिलै कमी हुने छैन् र लक्ष्मीमाताको कृपा दृष्टी हरहमेशा परिरहने छ । एजेन्सी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*