रेशम चौधरीलाई तत्काल जेलमुक्त गर्न माग गर्दै ज्ञापनपत्र बुजाय

प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई तत्काल जेलमुक्त गर्न नेपाल लोकतान्त्रिक पार्टीले कैलाली माग गरेकाे छ ।

बुधबार गृहमन्त्री रामबहादुर थापा र कानुनमन्त्री भानुभक्त ढकाललाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै लोकतान्त्रिक पार्टीले चौधरीलाई जेलमुक्त गरी यथाशीघ्र शपथग्रहण गराइ पदवहाल गराउन माग गरेको हो ।

लोकतान्त्रिक पार्टीले टीकापुर घटनाको आरोपित बन्दीहरुलाई बिनासर्त यथाशीघ्र रिहाइ गर्नुका साथै विभिन्न चरणमा थरुहट, मधेस, आदिवासी आन्दोलन आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दाहरु खारेज गर्न सरकारसँग माग गरेको छ ।

११ बुँदे ज्ञापन पत्रमा बलात्कारपछि हत्या गर्ने मानवताविरोधी कार्य रोक्नुपर्ने, कञ्चनपुरकी निर्मला पन्तसहित विभिन्न ठाउँका घटनाका दोषी पत्ता लगाइ हदैसम्मको कारबाही गर्नुपर्ने, भूकम्पीडितको समस्या हल गराउन कानुन प्रक्रिया सहज गराउनुपर्ने, युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न, गौहत्याको झुट्टो आरोपमा जेल सजाय भोगिरहेका नागरिकलाई तुरुन्त रिहा गर्नुपर्ने माग गरेका छन् ।

चौधरी २०७२ भदौ ७ मा कैलालीमा भएको थरुहट आन्दोलनका क्रममा एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको घटनाका मुख्य आरोपी हुन् । उनी भूमिगत रुपमै चुनाव लडेर कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचित भएका थिए ।

यो पनि पढ्नुस यो वर्षको दंसै आज अन्तिम दिन अर्थात कोजाग्रत पुर्णीमा हो । यो दिनको बिशेष महत्व रहेको छ । यस रात ल्वाङ्गको सहि प्रयोग गर्न सक्नुभयो भने तपाईँलाई धनको कहिले पनि कमी हुने छैन् ।

कुन बिधि प्रयोग गरेर ल्वाङ्गले तपाइँलाई धनी बनाउन सक्छ जानीराख्नुहोस् र भोली यो बिधि प्रयोग गरी धनि बन्नु होस् ।सर्वप्रथम एउटा सिंगो ल्वाङ्गको आवश्यकता पर्दछ ।

याद राख्नुहोस् की ल्वाङ्ग, फूल सहितको साबुत हुनुपर्छ । यसलाई पुजा घर अथवा लक्ष्मी माताको मूर्ती अगाडी सफा आसनमा राखेपछी ‘ओम श्रीं श्रियै नः’ यो मन्त्रलाई २१ पटकसम्म उच्चारण गर्नुहोस् । यो महामन्त्रको जप पश्चात लक्ष्मी माता प्रशन्न हुने विश्वास रहेको छ ।

बिहिबार भएकोले, पहेलो रंगको धेरै काम हुन्छ । उक्त ल्वाङ्गलाई केशरी वा बेसार जसलाई हल्दी पनि भन्ने गरिन्छ । त्यसमा लतपत गरेर लक्ष्मीमाताको शीरमा सात पटकसम्म घडी जस्तो घुमाउनु पर्छ ।

अब यो ल्वाङ्गलाई खुल्ला छतमा वा यदि आफ्नो घर छैन या घर भएरपनि घरको छत छैन भने जूनको उज्यालो आउने कुनै खुल्ला ठाँउमा लिएर जानुहोस् ।

जहाँ रातभर चन्द्रमाको प्रकाश आईरहोस् । अनि चन्द्रमा तर्फ फर्कीएर ल्वाङ्गलाई हातमा राखी तीनपटकसम्म आफ्ना इच्छाहरु बोल्नुहोस् । याद राख्नुहोस केवल इच्छा भन्नुहोस् गुनासो हाईन् । यसो गर्दा तपाईका अधुरो रहेको काम, जागीर वा सम्पती कमाउने इच्छा जाहेर गर्नुपर्छ ।

बेलुका ९ बजेपछि तपाईंले यो प्रक्रिया अपनाउनु भयो भने यो वर्षभरि तपाईलाई धन सम्पतीको कहिलै कमी हुने छैन् र लक्ष्मीमाताको कृपा दृष्टी हरहमेशा परिरहने छ । एजेन्सी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*