मेक्सिकोका नयाँ राष्ट्रपति सर्वसाधारणसँगै यात्रामा ,सरकारी सुविधाका जहाज बेच्दै,

मेक्सिकाेमा नयाँ निर्वाचित भएर अाएका राष्टपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर भने वर्षाैँदेखि राष्ट्रपतिहरुले चढ्दै आएको हवाइजहाज बेच्न लागेका छन् । उनले सरकारी सुविधाका नाममा रहेका ती महंगा जहाज बेचेर अाफू व्यापारिक क्लासका उडानमा अाम यात्रुसँगै यात्रा गर्ने घोषणा गरेका हुन् ।

बेराेजगारी र गरिबीले थलिएकाे दक्षिण अमेरिकी देश मेक्सिकोका नयाँ राष्ट्रपतिले अाफू नागरिकभन्दा माथि नरहेकाे बताएका छन् । राष्ट्रपतिकाे शपथ लिएर पदभार ग्रहण गरेका उनले भनेका थिए- ‘म विगतका राष्ट्रपतिहरुले प्रयाेग गर्दै अाएका सुविधाका जहाज चढ्ने मनसायमा छैन । त्यो जहाज चढ्नु मेरा लागि अप्ठेरो कुराे हाे । अाम जनता गरिबीकाे मारमा रहेकाे देशमा यदि म मात्र त्यस्तो सुविधासम्पन्न जहाजमा उडें भने मेरो अनुहारमा लाजले छाेप्नेछ ।’

 आइतबार राष्ट्रपतिको सपथ लिएपछि राष्ट्रपति ओब्राडोर मेक्सिको सिटी इन्टरनेसनल विमानस्थलमा देखिएका थिए । भेराक्रुज जान हिँडेका उनी अरू यात्रुजस्तै गरी पब्लिक जहाजमा चढेर अाम यात्रुसँगै झ्लालपट्टिको सिटमा बसेर गफिँदै मज्जाले यात्रा गरिरहेका भिडियाेहरु सामाजिक सञ्जाल विभिन्न मिडियामा अाएका छन् ।

६ वर्षअघि सन् २०१२ मा झन्डै २३ अर्ब रूपैयाँ बराबरकाे लागतमा राष्ट्रपतिकाे सुविधाका लागि भनेर किनिएको बोइङ ७८७-८ ड्रिमलाइनर जहाज उनले बेच्ने बताइसकेका छन् । साे प्रक्रिया पनि सु्रु भइसकेकाे छ ।

राष्ट्रपति ओब्राडोरले अाफ्नाे जहाजसँगै संघीय सरकारका नाममा रहेका करिब ६० जहाज र ७० वटा हेलिकप्टर पनि बेच्न लागिएको जनाइएकाे छ । भ्रष्टाचार विरूद्ध लड्ने नाराबाट लाेकप्रिय बनेका ओब्राडोर गत जुलाईमा भएको राष्ट्रपतीय चुनावमा भारी मतले विजयी भएका थिए । अाेब्राडाेर वामपन्थी धारका नेता हुन् । उनी पहिलाे मेक्सिकन वामपन्थी राष्ट्रपति बनेका हुन् ।

यो पनि पढ्नुस 

यो वर्षको दंसै आज अन्तिम दिन अर्थात कोजाग्रत पुर्णीमा हो । यो दिनको बिशेष महत्व रहेको छ । यस रात ल्वाङ्गको सहि प्रयोग गर्न सक्नुभयो भने तपाईँलाई धनको कहिले पनि कमी हुने छैन् ।

कुन बिधि प्रयोग गरेर ल्वाङ्गले तपाइँलाई धनी बनाउन सक्छ जानीराख्नुहोस् र भोली यो बिधि प्रयोग गरी धनि बन्नु होस् ।सर्वप्रथम एउटा सिंगो ल्वाङ्गको आवश्यकता पर्दछ ।

याद राख्नुहोस् की ल्वाङ्ग, फूल सहितको साबुत हुनुपर्छ । यसलाई पुजा घर अथवा लक्ष्मी माताको मूर्ती अगाडी सफा आसनमा राखेपछी ‘ओम श्रीं श्रियै नः’ यो मन्त्रलाई २१ पटकसम्म उच्चारण गर्नुहोस् । यो महामन्त्रको जप पश्चात लक्ष्मी माता प्रशन्न हुने विश्वास रहेको छ ।

बिहिबार भएकोले, पहेलो रंगको धेरै काम हुन्छ । उक्त ल्वाङ्गलाई केशरी वा बेसार जसलाई हल्दी पनि भन्ने गरिन्छ । त्यसमा लतपत गरेर लक्ष्मीमाताको शीरमा सात पटकसम्म घडी जस्तो घुमाउनु पर्छ ।

अब यो ल्वाङ्गलाई खुल्ला छतमा वा यदि आफ्नो घर छैन या घर भएरपनि घरको छत छैन भने जूनको उज्यालो आउने कुनै खुल्ला ठाँउमा लिएर जानुहोस् ।

जहाँ रातभर चन्द्रमाको प्रकाश आईरहोस् । अनि चन्द्रमा तर्फ फर्कीएर ल्वाङ्गलाई हातमा राखी तीनपटकसम्म आफ्ना इच्छाहरु बोल्नुहोस् । याद राख्नुहोस केवल इच्छा भन्नुहोस् गुनासो हाईन् । यसो गर्दा तपाईका अधुरो रहेको काम, जागीर वा सम्पती कमाउने इच्छा जाहेर गर्नुपर्छ ।

बेलुका ९ बजेपछि तपाईंले यो प्रक्रिया अपनाउनु भयो भने यो वर्षभरि तपाईलाई धन सम्पतीको कहिलै कमी हुने छैन् र लक्ष्मीमाताको कृपा दृष्टी हरहमेशा परिरहने छ । एजेन्सी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*