मिस वर्ल्डको अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित गरेकी शृङ्खला खतिवडालाई यहाँ सम्म पुर्याउन यी युवकले गरे यस्तो मिहिनेत !

बिबिसी – मिस नेपाल शृङ्खला खतिवडाले सोमबार मिस वर्ल्डको मल्टिमिडियातर्फको विधा र ‘ब्यूटी विथ पर्पस’ को अवार्ड जित्दै मिस वर्ल्डको अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित गरेकी छन्।

त्यस लगत्तै खतिवडाले आफ्नो इन्स्टाग्राममा राखिएको भिडिओमा सबै नेपालीलाई धन्यवाद दिँदै एउटा नाम लिन छुटाइनन्, त्यो नाम थियो, अबिन भो। जसले खतिवडाका लागि परिचयात्मक भिडिओ बनाइदिएका थिए।

शृङ्खलाले आफ्नो इन्स्टाग्राम पोष्टमा अबिनलाई धन्यवाद दिँदै लेखेकी छन्, “हामीले गर्न सकेका छौं। सबैको माया र साथका लागि धेरै-धेरै धन्यवाद। यो हाम्रो देशका लागि र हामीले देखाएको एकताको लागि हो।”

आभार सन्देशमा शृङ्खला भन्छिन्, “म खासगरी अबिन भोलाई धन्यवाद दिन चाहन्छु जसले मेरो परिचयात्मक भिडिओ बनाइदिए, जुन अहिले प्रत्येक नेपालीको मुटुमा छ। उल्लेख्यमात्रामा समर्थन हासिल गर्न यो भिडिओले धेरै भूमिका निर्वाह गरेको छ। तिमी उत्कृष्ट भाइ हौ।”मिस नेपाल खतिवडाले यसरी आफ्नो सफलताको श्रेय दिएका अबिन, युवा पुस्तामाझ आफ्ना भिडिओका कारण चर्चित छन्।

काभ्रेको बनेपामा जन्मिएका अबिन एक कक्षा पढ्दा उनको परिवार बसाईँ सरेर पोखरा पुगेको थियो। पोखराकै गण्डकी बोर्डिङ स्कुलबाट ए लेभेल पढेका उनी अहिले भिडिओ बनाउने काममै ब्यस्त छन्। ए लेबलमा आफ्नो कक्षामा पहिलो भएका उनी १३ वर्षको हुँदादेखि नै स्कुलमा साथीहरूसँग मिलेर भिडिओ बनाउने गर्थे। भिडिओका लागि आवश्यक वातावरण आफ्नो बुवाबाट पाएको बताउने अबिनका अनुसार उनको भिडिओ बनाउने ‘प्यासन’ अहिले ‘प्रोफेसन’ बनेको हो।

अहिले बुद्ध एयरका लागि व्यापारिक विज्ञापन बनाउने काम गर्ने अबिनका बुवा यादवदास भोछिभोया पनि भिडिओमै काम गर्छन्। आफ्नो यूट्यूबमा २८ हजार भन्दा बढी सब्स्क्राइबर भएका अबिनका इन्स्टाग्राममा पनि झण्डै १५ हजार फलोअर छन्। उनले बनाएको शृङ्खला खतिवडाको परिचयात्मक भिडिओ अहिलेसम्म करिब २० लाखले हेरिसकेका छन्।

यो पनि पढ्नुस 

यो वर्षको दंसै आज अन्तिम दिन अर्थात कोजाग्रत पुर्णीमा हो । यो दिनको बिशेष महत्व रहेको छ । यस रात ल्वाङ्गको सहि प्रयोग गर्न सक्नुभयो भने तपाईँलाई धनको कहिले पनि कमी हुने छैन् ।

कुन बिधि प्रयोग गरेर ल्वाङ्गले तपाइँलाई धनी बनाउन सक्छ जानीराख्नुहोस् र भोली यो बिधि प्रयोग गरी धनि बन्नु होस् ।सर्वप्रथम एउटा सिंगो ल्वाङ्गको आवश्यकता पर्दछ ।

याद राख्नुहोस् की ल्वाङ्ग, फूल सहितको साबुत हुनुपर्छ । यसलाई पुजा घर अथवा लक्ष्मी माताको मूर्ती अगाडी सफा आसनमा राखेपछी ‘ओम श्रीं श्रियै नः’ यो मन्त्रलाई २१ पटकसम्म उच्चारण गर्नुहोस् । यो महामन्त्रको जप पश्चात लक्ष्मी माता प्रशन्न हुने विश्वास रहेको छ ।

बिहिबार भएकोले, पहेलो रंगको धेरै काम हुन्छ । उक्त ल्वाङ्गलाई केशरी वा बेसार जसलाई हल्दी पनि भन्ने गरिन्छ । त्यसमा लतपत गरेर लक्ष्मीमाताको शीरमा सात पटकसम्म घडी जस्तो घुमाउनु पर्छ ।

अब यो ल्वाङ्गलाई खुल्ला छतमा वा यदि आफ्नो घर छैन या घर भएरपनि घरको छत छैन भने जूनको उज्यालो आउने कुनै खुल्ला ठाँउमा लिएर जानुहोस् ।

जहाँ रातभर चन्द्रमाको प्रकाश आईरहोस् । अनि चन्द्रमा तर्फ फर्कीएर ल्वाङ्गलाई हातमा राखी तीनपटकसम्म आफ्ना इच्छाहरु बोल्नुहोस् । याद राख्नुहोस केवल इच्छा भन्नुहोस् गुनासो हाईन् । यसो गर्दा तपाईका अधुरो रहेको काम, जागीर वा सम्पती कमाउने इच्छा जाहेर गर्नुपर्छ ।

बेलुका ९ बजेपछि तपाईंले यो प्रक्रिया अपनाउनु भयो भने यो वर्षभरि तपाईलाई धन सम्पतीको कहिलै कमी हुने छैन् र लक्ष्मीमाताको कृपा दृष्टी हरहमेशा परिरहने छ । एजेन्सी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*