राजा वीरेन्द्रको रिस यस्तो थियो (पुरा पढ्नुस)

भैरव रिसाल – राष्ट्रिय पञ्चायत सदस्यमा सुर्खेतबाट भएको प्रतिनिधित्वबारे प्रश्न गर्दा वीरेन्द्र झोक्किए, “के उसो भए राउटेलाई लैजाने ?”

देशलाई पाँच विकास क्षेत्रमा विभाजन गरिएपछि राजा वीरेन्द्रले हरेक वर्ष एउटा–एउटा विकास क्षेत्रको भ्रमण गर्ने चलन शुरू गरियो । यसका लागि चार–पाँच हप्ताकै भ्रमण तालिका बनाइन्थ्यो ।

त्यसै क्रममा २०३१ माघतिर मध्यपश्चिमाञ्चल विकास क्षेत्रको मुकाम सुर्खेत जाने राजाको भ्रमणमा म पनि समेटिएँ । त्यस्तो क्षेत्रीय भ्रमणमा एक–एक हप्ताका निम्ति एक जना सरकारी र एक जना निजी सञ्चारमाध्यमबाट पत्रकार लगिन्थ्यो । त्यसै अनुसार एक साता म राष्ट्रिय समाचार समिति (रासस) को पत्रकारको हैसियतमा भ्रमणमा सहभागी भएको थिएँ ।

सातौं दिन साँझ त्यो क्षेत्रका समस्या र अप्ठेरा के छन् र समाधानका उपाय के हुन सक्छन् भन्नेबारे राजाले पत्रकारसँग छलफल गर्ने बन्दोबस्त मिलाइयो । त्यसै क्रममा मैले जनप्रतिनिधित्वको प्रसंगमा राजासँग भनें “सरकार, सुर्खेत जस्तो जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा भूपेन्द्र शाह जस्ता मान्छे लगिनु ठीक भएन । प्रायः यहीं बसेर वस्तुस्थिति बुझ्ने, यतैको धूलो–धुवाँ पचाएको मान्छे जानुपर्‍यो ।”

राजा वीरेन्द्रलाई मेरो कुरा मन परेनछ । उनले झाेक्किंदै भने, “के उसो भए यहाँबाट राउटेलाई लैजाने ?” बोली चर्को भएकाले राजा औधी रिसाए भन्ने लाग्यो ।

मैले विनम्र लवजमा भनें, “सरकार, मैले यहाँबाट राउटेलाई लैजानुपर्छ भनेको हुँदै होइन । यस जिल्लामा राउटे त ८५७ जना मात्र छन् ।” राजाको भ्रमणमा जानुपर्छ भनेपछि मैले त्यो क्षेत्रको बारेमा गम्भीर भएर पढेको थिएँ । यसैले त्यहाँ बसोबास गर्ने राउटेको संख्या पनि कण्ठस्थ थियो ।

मैले अझ विनम्र भएर थपें, “सरकार यहाँ जति दिन मुकाम बसिबक्सन्छ, भूपेन्द्र शाह त्यति दिन पनि आफ्नो जिल्लामा बस्न नसक्ने, त्यस्तो व्यक्तिले जिल्लाका जनताको प्रतिनिधित्व कसरी गर्छन् भन्ने जिकिर मात्र हो मेरो ।”

यति सुनेपछि र राउटेको यकिन संख्या समेत भनेपछि मेरो भनाइ हावादारी होइन रहेछ भनेर राजालाई पर्‍यो क्यार, उनको रिस मर्‍यो । मैले भने जस्तै राजा सुर्खेतमा बसुञ्जेल भूपेन्द्र त्यहाँ देखिएनन् । उनी सुर्खेत जिल्लाबाट २०२५ सालमा राष्ट्रिय पञ्चायतमा ६ वर्षका लागि चुनिएका थिए ।

मैले राजासँग नेपाली जनताले राज्यबाट नून निःशुल्क पाउनुपर्छ भन्ने कुरा पनि राखें । “कति राष्ट्रले शिक्षा, स्वास्थ्य निःशुल्क दिएका छन्, नेपालले अरू नसके पनि नून सक्छ” भनेको थिएँ । त्यो सुनेर राजा मुस्कुराएका थिए । तर, कुरा त्यत्तिकै सेलायो ।

कर्णाली किनारमा सडक

राजासँग सुर्खेतको सवारी क्याम्पमा कुराकानी हुँदा त्यो क्षेत्रको ठोस विकास गर्ने विषयमा बृहत् छलफल नै भयो । सडकको कुरा चल्यो । मैले सुर्खेतदेखि हुम्लाको हिल्सासम्म कर्णालीको किनारैकिनार मोटरबाटो बन्नुपर्ने सुझाएँ ।

त्यतिबेला ट्रकभन्दा लहरीको युग थियो । मैले राजालाई भनें, “लहरीको सबभन्दा तल्लो भागमा सखुवाका काठ, त्यसमाथि मट्टीतेलका टिन, त्यसमाथि सावुनका बोरा र खाद्यान्नका बोरा राख्ने । बाटोमा आवश्यकता अनुसार जनताका लागि ती वस्तु छोड्दै जाने । अन्तमा काठ चाहिं तिब्बतको स्वायत्त सरकारलाई बेच्ने गर्नुपर्छ ।”

मैले तर्कसंकत तरिकाले योजना सुझाएपछि वीरेन्द्रले सोधे, “अनि फर्कंदा लहरी रित्तै आउने ?” मैले भनिहालें, “फर्कंदा स्याउका टोकरी वा डोकोले भरेर फर्कने ।” मेरा कुरा सुनेर राजा मुस्कुराए ।

त्यो बेला राजा नयाँ नै थिए । भेट्नेले गरेका कुरा चित्त नबुझ्नासाथ तत्काल स्पष्टीकरण लिने वा खण्डन गरिहाल्थे । ४०/४५ वर्षअघिको त्यो समयमा अहिले जस्तो सडक सञ्जालको कुरा आउँदैनथ्यो, ‘कोरिडोर’ भन्ने अवधारणा पनि जन्मिएकै थिएन । अहिले वास्तवमा कोरिडोर भनिंदै हुम्लामा कर्णालीको किनारैकिनार मोटरबाटो बन्दैछ ।

ठाउँमा भन्नुपर्दो रहेछ

२०३३ साल असोजमा राजा वीरेन्द्र दम्पतीले युगोस्लाभियाको राजकीय भ्रमण गरे । त्यो बेला युगोस्लाभिया सिङ्गो थियो । युरोपमा वरिपरि सोभियत संघ अन्तर्गतका राज्य भए पनि राष्ट्रपति मार्शल जोसेफ ब्रोज टिटोले युगोस्लाभियालाई स्वतन्त्र र तटस्थ राष्ट्रका रूपमा राखेका थिए ।

राजदम्पतीको भ्रमणमा राससबाट म पनि परेको थिएँ । मलाई लाग्छ, मेरो छनोट राजा वीरेन्द्रले नै गरेका थिए । सुर्खेतमा उनीसँग भएको मेरो कुराकानी र प्रस्तुतिमा शायद उनको चित्त बुझेछ । मैले एक्सपोजर पाउनुपर्छ भन्ने लागेर उनको भ्रमणमा समेटिएँ भन्ने लाग्यो ।

सुर्खेतमा मसँग राजा रिसाएका रहेनछन् भन्ने पुष्टि भयो । मलाई लाग्यो, देखेको कुरा सही मान्छेसँग सही मौकामा स्पष्ट भन्नुपर्छ भन्ने मेरो धारणाको औचित्य रहेछ ।

हिमालखबरबाट

यो पनि पढ्नुस 

यो वर्षको दंसै आज अन्तिम दिन अर्थात कोजाग्रत पुर्णीमा हो । यो दिनको बिशेष महत्व रहेको छ । यस रात ल्वाङ्गको सहि प्रयोग गर्न सक्नुभयो भने तपाईँलाई धनको कहिले पनि कमी हुने छैन् ।

कुन बिधि प्रयोग गरेर ल्वाङ्गले तपाइँलाई धनी बनाउन सक्छ जानीराख्नुहोस् र भोली यो बिधि प्रयोग गरी धनि बन्नु होस् ।सर्वप्रथम एउटा सिंगो ल्वाङ्गको आवश्यकता पर्दछ ।

याद राख्नुहोस् की ल्वाङ्ग, फूल सहितको साबुत हुनुपर्छ । यसलाई पुजा घर अथवा लक्ष्मी माताको मूर्ती अगाडी सफा आसनमा राखेपछी ‘ओम श्रीं श्रियै नः’ यो मन्त्रलाई २१ पटकसम्म उच्चारण गर्नुहोस् । यो महामन्त्रको जप पश्चात लक्ष्मी माता प्रशन्न हुने विश्वास रहेको छ ।

बिहिबार भएकोले, पहेलो रंगको धेरै काम हुन्छ । उक्त ल्वाङ्गलाई केशरी वा बेसार जसलाई हल्दी पनि भन्ने गरिन्छ । त्यसमा लतपत गरेर लक्ष्मीमाताको शीरमा सात पटकसम्म घडी जस्तो घुमाउनु पर्छ ।

अब यो ल्वाङ्गलाई खुल्ला छतमा वा यदि आफ्नो घर छैन या घर भएरपनि घरको छत छैन भने जूनको उज्यालो आउने कुनै खुल्ला ठाँउमा लिएर जानुहोस् ।

जहाँ रातभर चन्द्रमाको प्रकाश आईरहोस् । अनि चन्द्रमा तर्फ फर्कीएर ल्वाङ्गलाई हातमा राखी तीनपटकसम्म आफ्ना इच्छाहरु बोल्नुहोस् । याद राख्नुहोस केवल इच्छा भन्नुहोस् गुनासो हाईन् । यसो गर्दा तपाईका अधुरो रहेको काम, जागीर वा सम्पती कमाउने इच्छा जाहेर गर्नुपर्छ ।

बेलुका ९ बजेपछि तपाईंले यो प्रक्रिया अपनाउनु भयो भने यो वर्षभरि तपाईलाई धन सम्पतीको कहिलै कमी हुने छैन् र लक्ष्मीमाताको कृपा दृष्टी हरहमेशा परिरहने छ । एजेन्सी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*