घरमा यी जनावरको मूर्ती राख्दा प्राप्त हुन्छ यस्तो फल

हामीले घरमा सजावटको लागी होस या फेरी कुनै धर्म समबन्धी होस् । धेरैको घरमा बिभिन्न प्रकारको मुर्ती राख्ने गरेको पाईन्छ । यसले घरको शोभा बढाउन पनी मदत गर्छ । बस्तु शास्त्र अनुुसार हामीले कुन भगवान् अथवा जनावरको मुर्ती राख्ने भन्ने बारेमा थाहा पाएमा त्यसले हाम्रो जिवनमा आउने समस्याहरुबाट नी बचाउन मदत गर्दछ ।

धेरैलाई थाहा नहुन सक्छ घरमा कुन मुर्ती राख्दा त्यसले के फल प्राप्त हुन्छ भनेर आज हामी तपाईलाई घरमा कुन मुर्ती राख्दा के फल प्राप्त हुन्छ त्यो बताउने छौं ।

गाईको जोडी

दुई गाई अर्थात गाई र गोरु अथवा गाई र बाच्छीको मूर्ति घरमा राख्नु भगवान कृष्णको शक्तिका लागि उत्कृष्ट मानिने गरिन्छ। शास्त्रमा भन्ने गरिन्छ, जसलाई भगवान कृष्णको कृपा चाहिन्छ उसले गो सेवा गर्नु । यसले घरमा प्रेम, शान्ति र संस्कार ल्याउने गर्दछ।

हात्तिको जोडी

हात्तिलाई माता लक्ष्मीको वाहान मानिने गरिन्छ । शास्त्रका अनुसार लक्ष्मीको सबै भन्दा शुभ स्वरुप हात्तिमा बिवराजित हुने गर्दछ । उनलाई गज लक्ष्मी भन्ने गरिन्छ। त्यसैले हात्तिको जोडी घरमा राख्दा लक्ष्मीको वास हुने विश्वास गरिन्छ।

कछुवाको जोडी

घरमा कछुवाको जोडी राख्दा सुख, शान्ति र सम्पन्नता स्थायी हुने विश्वास गरिन्छ। कछुवाको उमेर सबैभन्दा बढी हुने गर्दछ, त्यसैले यसलाई स्थायी सम्पन्नता दिने विश्वास गरिन्छ।

घोडाको जोडी

यदी घरमा घोडाको जोडी छ भने त्यसले शक्ति, स्फुर्ति र सक्षमता दिने गर्दछ । घोडालाई शक्तिको प्रतिक मानिने गरिन्छ।

यो पनि पढ्नुस 

यो वर्षको दंसै आज अन्तिम दिन अर्थात कोजाग्रत पुर्णीमा हो । यो दिनको बिशेष महत्व रहेको छ । यस रात ल्वाङ्गको सहि प्रयोग गर्न सक्नुभयो भने तपाईँलाई धनको कहिले पनि कमी हुने छैन् ।

कुन बिधि प्रयोग गरेर ल्वाङ्गले तपाइँलाई धनी बनाउन सक्छ जानीराख्नुहोस् र भोली यो बिधि प्रयोग गरी धनि बन्नु होस् ।सर्वप्रथम एउटा सिंगो ल्वाङ्गको आवश्यकता पर्दछ ।

याद राख्नुहोस् की ल्वाङ्ग, फूल सहितको साबुत हुनुपर्छ । यसलाई पुजा घर अथवा लक्ष्मी माताको मूर्ती अगाडी सफा आसनमा राखेपछी ‘ओम श्रीं श्रियै नः’ यो मन्त्रलाई २१ पटकसम्म उच्चारण गर्नुहोस् । यो महामन्त्रको जप पश्चात लक्ष्मी माता प्रशन्न हुने विश्वास रहेको छ ।

बिहिबार भएकोले, पहेलो रंगको धेरै काम हुन्छ । उक्त ल्वाङ्गलाई केशरी वा बेसार जसलाई हल्दी पनि भन्ने गरिन्छ । त्यसमा लतपत गरेर लक्ष्मीमाताको शीरमा सात पटकसम्म घडी जस्तो घुमाउनु पर्छ ।

अब यो ल्वाङ्गलाई खुल्ला छतमा वा यदि आफ्नो घर छैन या घर भएरपनि घरको छत छैन भने जूनको उज्यालो आउने कुनै खुल्ला ठाँउमा लिएर जानुहोस् ।

जहाँ रातभर चन्द्रमाको प्रकाश आईरहोस् । अनि चन्द्रमा तर्फ फर्कीएर ल्वाङ्गलाई हातमा राखी तीनपटकसम्म आफ्ना इच्छाहरु बोल्नुहोस् । याद राख्नुहोस केवल इच्छा भन्नुहोस् गुनासो हाईन् । यसो गर्दा तपाईका अधुरो रहेको काम, जागीर वा सम्पती कमाउने इच्छा जाहेर गर्नुपर्छ ।

बेलुका ९ बजेपछि तपाईंले यो प्रक्रिया अपनाउनु भयो भने यो वर्षभरि तपाईलाई धन सम्पतीको कहिलै कमी हुने छैन् र लक्ष्मीमाताको कृपा दृष्टी हरहमेशा परिरहने छ । एजेन्सी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*