मिस वर्ल्ड २०१८ मा भोट गर्ने आज अन्तिम दिन : श्रृङ्खलाले गरिन् भोटकाे अपिल,शेयर गर्नुहाेस्

मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी छन्। नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो।

उपाधि जित्ने नजित्ने ८ डिसेम्बरमा हुने फाइनलमा तय हुन्छ। तर मिस वर्ल्डका प्रतिस्पर्धीलाई भोट गर्ने समय आज बेलुकी ५ बजेसबाट सकिँँदैछ । यसअघि नोभेम्बर २८ सम्म भोट गर्ने अन्तिम समय तोकिएकोमा फेरि दुई दिन बढाएर आज अर्थात ३० नोभेम्बरसम्म बनाइएको थियो ।

श्रृंखला खतिवडाद्वारा भाेटकाे अपिल

भोटिङमा अहिलेसम्म नेपालकी श्रृंखला खतिवडा अग्रस्थानमा छिन् ।  श्रृंखलाले आज अन्तिम दिन भएको भन्दै सबैमा भोटको लागि आग्रह गरेकी छिन् । नेपाललाई धेरै मतको आवश्यक भएको भन्दै अन्तिम बल लगाएर भोट गरिदिन र आफ्नो आधिकारिक पेज शेयर गरिदिन उनको आग्रह छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*