ह्वात्तै घट्यो आज सुनचाँदीको भाउ

काठमाडौँ ।आज  मंगलबार नेपाली बजारमा सुनचाँदीको भाऊ घटेको छ ।

सोमबार प्रति तोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गुणस्तरको सुन ४ सय रुपैयाँले घटेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भयो । त्यस्तै तेजावी सुन ५८ हजार रुपैयाँमा खरिदविक्री भएको छ ।

चाँदी प्रति तोला १० रुपैयाँले घटेर ७ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले फाइन गुणस्तरको प्रति दश ग्राम ४९ हजार ९ सय ८५ रुपैयाँ, तेजावी सुन ४९ हजार ७ सय ३० रुपैयाँ र चाँदी ६ सय १३ रुपैयाँमा तोकेको छ ।

यो पनि पढ्नुस 

एजेन्सी। तपाइँले कहिल्यै कपडालाई भिजाएर फ्रिजमा राख्नुभएको छ । यो काम सुन्दा निकै विचित्र लाग्छ तर यसको वास्तविकता धेरैलाई थाहा छैन ।

यो निकै गजबको काम हो । यसरी कपडा भिजाएर फ्रिजमा राख्दा धेरै फाइदा हुन्छन्।

अनुसन्धानमा प्राप्त नतिजाअनुसार यसरी भिजाएर कपडालाई फ्रिजमा राख्दा धेरै फाइला पाउन सकिन्छ । यसरी कपडा फ्रिजमा राख्दा कपडाको आयु बढ्छ ।

फ्रिजमा राख्दा कपडाका रेशाहरु मजबुत हुन्छन् र लामो समयसम्म टिक्छन्। यसो गर्दा कपडाको रंग उड्ने समस्या पनि निकै कम हुन्छ र भुवा पनि निस्किँदैन ।

माइनस ७ डिग्री सेल्सियसमा सबै ब्याक्टेरिया मर्ने हुँदा यसरी राख्दा कपडामा भएका ब्याक्टेरिया पनि मर्छन् कपडालाई ल्पास्टिकको झोलामा राखेर फ्रिजमा राख्दा कपडाको दुर्गन्धसमेत हट्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*