लोडसेडिङमुक्त तिहारः सबैको बत्ती बनेका कुलमान !

तपाईको कुनै व्यक्तिगत कारण बाहेक विजुली बत्तीको कारण यो तिहारमा तपाईको घर अँध्यारो छैन । अर्थात उज्यालोको यो पर्व तिहारमा तपाईको घरमा विजुलीबाट बल्ने थरि थरिका बत्तीहरु चम्किरहेको छ ।

एक छिन् २ वर्ष अघिको तिहारलाई सम्झिनुहोस् । १२ देखि १६ घण्टासम्म लोडसेडिङ । भुक्किएर एकैछिन् आएमा खाना पकाउने कि पानीको मोटर चलाउने कि, मोबाइल, इन्भरटर चार्ज गर्ने ? कि झिलिमिली बत्ती बाल्ने ? लगाएतका तनावमै अधिकांश समय खर्च भएको हुन्थ्यो । घर अँध्यारै थियो । सबै अस्तव्यस्त थियो ।

तर अहिलेको तिहारमा विजुली सम्बन्धि त्यस्ता झन्झटहरुबाट मुक्त छौं । यो खुसीको पछि नामै काफी छ, ‘कुलमान घिसिङ ।’ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँगै लोडसेडिङ कम हुँदै गएको थियो, भने दुई वर्ष अघिको तिहारको लक्ष्मीपूजाका एक कालो युग, अर्थात लोडसेडिङ युगको अन्त्य भयो ।

वि.सं. २०७३ साल असोज १ गते उनले प्रमुख कार्यकारी निर्देशकका रुपमा प्राधिकरण प्रवेश गरेसँगै लोडसेडिङ हटाउन थाले । माग, आपूर्ती भार सम्प्रेषण केन्द्र, ट्रान्सफर्मर, सब स्टेशन, फिडर र जनशक्तिको उचित व्यावस्थापनकै कारण २०७३ सालको लक्ष्मीपूजाको दिन विजुली बलिरह्यो । यहि सफलताबाट हौसिएका कुलमानले लोडसेडिङ सँधैका लागि हटाउने योजना सुरु गरे । र सफल पनि भए ।

अहिले स सना झुपडीदेखि महलसम्म यसरी झलमल्ल बत्ती बलिरहेको छ । अहिले देशका विभिन्न स्थानमा स्थानीय घर अगाडिको सडकको नाम, चोकको नाम कुलमान घिसिङको नामबाट राखिएका छन् ।

वर्षौदेखि लोडसेडिङको मार खेप्दाको समयलाई अहिले कसैले सम्झन मन गर्दैनन् । धन हुनेहरुको इन्भरटर व्यट्रिले साथ दिएपनि सामान्य नेपालीहरुको लागि बत्ती, टुक्की, दियालो लगाएतले काम चलाउनु पर्दथ्यो । अहिले समय फेरिको छ । घर घरमा विजुली बत्तीले तिहारको महोल नै फेरिएको छ ।

लोडसेडिङ गराउनेहरुलाई किन कारवाही भएन ?

लोडसेडिङ अन्त्य गर्नका लागि नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै नौलो प्रविधि नभई भएको स्रोत र साधनलाई उचित व्यवस्थापन गरेको बताउँदै आएका छन् । तर प्रमुखका रुपमा कुलमान घिसिङ आउनु पूर्वको र अहिलेको विद्युत उत्पादन र मागमा अकाश पतालको फरक थिएन । तर व्यवस्थापन गर्ने प्रमुखको क्ष्मतामा भने आकाश पतालको भिन्नता भएको तीन वर्ष अघिको तिहार र अहिलेको तिहारले प्रमाणीत गरिसकेको छ ।

प्राधिकरणकायस अघिका प्रमुख कार्यकारी निर्देशक मुकेश काफ्लेले त अझ लोडसेडिङमुक्त नहुने दार्ब गर्दै लोडसेडिङ अन्त्य भएमा सार्वजनिक पद धारण नगर्नेसमेत बताएका थिए । अहिले लोडसेडिङको अन्त्य भयो ।

तत्कालीन समयमा लोडसेडिङ हुनुको पछाडि प्राधिकरण भित्रकै उच्च पदस्थनै निजी कम्पनीहरुको आर्थिक प्रलोभनमा फस्ने गरेको धेरैको आशंका छ । लोडसेडिङ हटेको दुई वर्ष हुनलाग्दा पनि लामो समयस लोडसेडिङको अँध्यारोमा राख्ने प्रधिकरणका उच्च पदस्थ कर्मचारी, तत्कालीन उर्जामन्त्री लगाएतमाथि छाविन समेत भएको छैन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*