राष्ट्रपति भण्डारीद्वारा डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिदा पत्रकारलाई ‘प्रवेश निषेध’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकि छिन  ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन  ।

भाइ डेगेन्द्र पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर उनि सँग आशीर्वाद लिए  ।

त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिईन ।

यसैबीच राष्ट्रपतिले भण्डारीले लगाउने भाइटीकाको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई शितल निवासमा प्रवेश निषेध गरिएकाे छ । तस्बिर र भिडियो खिच्न गएका पत्रकारहलाई सुरक्षाकर्मीहरुले गेटमा नै रोकेका हुन्।

यसअघिका दुई वर्षमा राष्ट्रपतिको भाइटीकाको तस्बिर र भिडियो खिच्न पत्रकारहलाई अनुमति दिइएकाे थियाे । दशैँमा राष्ट्रपतिले टीका लगाइदिँदा घुँडा टेकेर टीका लगाएको फोटो सार्वजनिक भएसँगै उनकाे चर्काे आलोचना भएकाे थियाे ।

तस्बिर बाहिरिएसँगै सामाजिक सञ्जालमा चर्काे अालाेचना भएकाले तिहारमा राेक लगाइएकाे अाँकलन गरिएकाे छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*