कुलमान घिसिङलाई महाबिर पुनले किन ‘गोरू’ भने ?

गोवर्धन पुजा तिहारको अन्तिम दोस्रो दिन सबैले गोरु पुजा गर्दै मनाईयो । यसै उपलक्ष्यमा राष्ट्रिय आविष्कार केन्द्र खोलेर निरन्तर नेपालका भित्र अन्वेन्शनमा लागेका हस्ती विद्वान महाबिर पुनले कुशल व्यवस्थापक सफल नेतृत्व भनेर चिनीएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई गोरु भन्दै बधाई दिएका छन् ।

आखिरी किन महाबिर पुनले कुलमानलाई गोरु किन भने उनले फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै:

“गोरु जस्तै जोतिएर कान्तिपुरी नगरीका साथै देश भरका सबै ठाउँमा तिहारको समयमा र अन्य समयमा पनि बिजुली बत्ति निरन्तर बाली दिएकोमा तिमी सहित तिम्रो बिद्युत प्राधिकरणका सम्पूर्ण टीमलाई धेरै धन्यबाद छ कुलमान भाई ।

हामीलाई थाहा छ र सुने कै पनि हो कि तिमीले यसरी काम गर्दा “कुलमानले भने जस्तै अझै १० बर्ष सम्म नेपाललाई लोडसेडिङ मुक्त गर्न सकिदैन र यो काम हुनै सक्दैन र यदि भयो भने म जागिरै छोडी दिन्छु अथवा कान काटेर फाल्छु” भनेर कुर्लिने तिम्रा सहकर्मीहरु र तिम्रा सहकर्मीका मालिकहरुले पनि बिजुली बत्तीको प्रयोग गरेर पक्कै पनि तिहारको उपलक्ष्यमा उज्यालोमा रमाई रहेका होलान नि हगी ।

बाहिर बाहिर लोडसेडिङ हटाएर बिजुली पुर्याउने काम हुनै सक्दैन भनेर कुर्लेको भए ता पनि उनीहरुको अन्तर आत्माले भित्र भित्रै रिस गरेरै भए पनि बत्ति ता बालीरहेकै होलान नि । बत्ति निभाएर अध्याँरोमा पक्कै बसेका त छैनन् होला त ?

अन्तमा राष्ट्रिय आविष्कार केन्द्रको अभियानलाई पनि धेरै जान्ने सुन्नेहरुले र नेताका विद्वान सल्लाहकारहरुले “यो आविष्कार केन्द्रले सोचेको जस्तो काम कुनै पनि हालतमा हुने सक्दैन” भनेर भनेका छन् । साथीहरु ! हेर्दै जानुहोस आविष्कार केन्द्रको अभियान पक्कै पनि सफल हुन्छ भनेर म गोरुले आज गोरु तिहारको दिनमा घोषणा गर्न चाहन्छु ! जय गोरुहरु र गोरु तिहार !”

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*