यस्तो हुनेछ नेताहरूकाे तिहार: किन टिका नलगाउने भयो प्रचण्डले ? बाकि नेताहरुले यसरि लगाउदैछन भाइटीका

हिन्दू नेपालीको दोश्रो मुख्य चाड तिहारमा राजनीतिक नेतृत्वको व्यस्तता केही कम हुने भएकाले उनीहरु परिवार र कार्यकर्तासँग तिहार मनाउँछन् । प्रधानमन्त्रीदेखि विभिन्न दलका नेताले पारिवारिक जमघट गरेर भाइटीका लगाउँदै छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी

तिहारको समयमा मुख्य राजनीतिक दलका शीर्ष नेता प्रधानमन्त्री, एवम् मन्त्रीहरूले फुर्सद पाएका छन् । पारिवारिक भेटघाटसँगै आफ्ना दिदीबहिनीबाट तिहारको भाइटीका ग्रहण गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाउँदै आएकी छिन् । अर्का भाइ अमेरिकामै बसोबास गर्ने हुनाले यसपटक पनि डेगेन्द्रलाई नै टीका लगाइदिने शीतल निवासले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बहिनीको हातबाट टीका थाप्ने निजी सचिवालयले जानकारी दिएको छ । झापामा रहेकी बहिनी कौशल्या कोइराला र चितवनमा रहेकी अर्की बहिनी विष्णुकुमारी ढकालले प्रधानमन्त्री ओलीलाई टीका लगाइदिने कार्यक्रम छ ।

अध्यक्ष पुष्पकमल दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भने बरखीमा छन् । गतवर्ष दिवंगत भएका छोरा प्रकाश दाहालको जूठो नसकिएकाले उनले यसवर्ष टीका थाप्ने छैनन् ।

 माधव नेपाल

नेकपाका तेस्रो वरियताका नेता माधव नेपालले बहिनी बसुधा पोखरेलको हातबाट टीका लगाउनेछन् ।

झलनाथ खनाल

त्यस्तै झलनाथ खनालले भने भक्तपुरमा रहेकी जेठी दिदी यशोधादेवी आचार्य र काठमाडौमा रहेकी बहिनी कुसुम खनालको हातबाट शुभ साइतमै टीका थाप्ने कार्यक्रम छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भने बहिनी सुशीला खड्काको हातबाट टीका लगाउने जनाइएको छ ।

रामचन्द्र पौडल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडलले भने ठूलीआमाकी छोरी चन्दा ओझाबाट टीका थाप्ने गरेका छन् ।

विमेलेन्द्र निधी

काँग्रेसका उपसभापति विमलेन्द्र निधीले यसपालिको तिहार प्रदेश २ मा मनाउने भएका छन् । उनी भाइटीका ग्रहण गर्न सप्तरीस्थित राजविराजमा दिदी राधादेवी कर्णकहाँ जाने भएका छन् ।

विजयकुमार गच्छदार

काँग्रेसका नवनियुक्त उपसभापति विजयकुमार गच्छदार थारु परम्पराअनुसार तिहार मनाउने भएका छन् । थारु परम्पराअनुसार गच्छदारले भाइटीकाको साइतभन्दा केही समयपछि मात्रै बहिनी (काकाकी छोरी ) को हातबाट तीका लागाउने गच्छदारका सहयोगहरूले बताएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*