नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्छु: अध्यक्ष पशुपतिशमशेर राणा

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जबराले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा पनि अहिलेसम्म भने जसरी काम गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैले कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष राणाले यस्तो बताएका हुन् ।

अध्यक्ष राणाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दा पनि सरकारले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै आक्रोश पोेखे ।

उनले भने–‘सरकारले ब्यूरोक्रेसी हाँक्न सकेन् ।’ हिन्दूस्तानमा भाउ नबढेको तर नेपालमा ह्वात्तै बढेको भन्दै उनले सरकारले महँगी नियन्त्रण गर्नपनि नसकेको आरोप लगाए ।

फरक प्रसंगमा उनले अब तीनवटै राप्रपा एक हुनेगरि छलफल अघि बढाइएको पनि जानकारी दिए ।

उनले नेपालको पहिचान नै हिन्दूराष्ट्र भएकोले देशलाई छिट्टै हिन्दूराष्ट्र बनाएरै छोड्ने बताए । उनले भने,‘नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्छु, मसँग सामथ्र्य पनि छ ।  र, आँट पनि छ ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*