भरतपुरको फोहोर मेयर रेणु दाहालले टिपिन्

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको अगुवाईमा सोमबार भरतपुर नगरपालिका गेटदेखि शहिदचोकसम्म सरसफाई गरिएको छ ।  महानगरलाई सफा र सुन्दर नगरीका रुपमा विकास गर्न तेस्रो हप्ताको सप्ताव्यापी सरसफाई अभियान अन्र्तगत सोमबार सरसफाइ गरिएको हो ।

कार्यक्रममा मेयर दाहालसहित प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यवसायी एवं सरसफाईको क्षेत्रमा काम गर्ने अभियान्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मेयर दाहालले सुन्दर, शान्त, स्वच्छ र हराभारा महानगर बनाउन आवश्यक ऐन नियम कानुन बनाएर अघि बढ्ने बताउदै आफुहरु महानगरलाई सरसफाई राख्न आग्रह,अपिल, पत्रचार गरेको भन्दै यति गर्दा पनि नमाने कडा कानुन बनाएर कारवाही गर्न पछि नपर्ने चेतावनी दिइन् ।

1 Comment

  1. हैन म दंग पर्छु एकदिन रेणुले फोहोर टिपेर भरतपुर सफा हुन्छ? अनि पत्रकार फोटो छाप्न मौका पाएकोमा खुसी र जनता फेरि तेसै दंग। यदी रेणुले एकपटक टिप्दैमा भरतपुर सफा हुन्छ वा यसरी नै हप्ता पिच्छे टिप्छिन भने म केही बोल्दैन तर एकपटक जनतालाई देखाउन गरेको कार्य के दीर्घकालीन होला? तेसैले जनतालाई देखाउने र मिडियामा आउने बाहाना खोज्न र ती काॠ गर्न छाड यदी साच्चिकै केही गर्ने मनासय भएका वा सच्चा देशको सपूत हौ भने। यदी साच्चिकै सफा सहर निर्माण गर्नुछ भने योजना ल्याउ त्यही अनुरुप सधै एकैनासले कार्य गराउ तिमी टिप्न जानू पर्दैन टिप्ने मान्छे लगाउ र फोहोर गर्न नदेउ।

Leave a Reply

Your email address will not be published.


*