चलचित्र ‘ए मेरो हजुर २’ युट्युबमा सार्वजनिक (पुरा चलचित्र सहित)

काठमाडौँ : गतबर्षको हिट चलचित्र ‘ए मेरो हजुर २’ युट्युबमा सार्वजनिक भएको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानर र सुनिल कुमार थापाको लगानीमा बनेको चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् ।

हरिहर अधिकारीको लेखन र सामिप्याराज तिमिल्सेनाको पटकथा र संवाद रहेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बनियाको मुख्य भूमिका रहेको छ ।

नायक सलिनमान बनियाले यसै चलचित्रबाट सिने नगरीमा डेव्यु गरेका हुन् । यो चलचित्रमा साम्राज्ञी र सलिनको अलावा सलोन बस्नेत, विल्सन विक्रम राई, बुद्धि तामाङ, बालकलाकार अनुभव रेग्मी, अम्बर सुवेदी, सुमन पौडेल, अजस्र ढुङ्गाना, अनुराग कुवेर मुख्य भूमिका रहेको छ ।

भिडियो:

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*