जिरीको ‘जिरेल’को कार्कीसंग यति धेरै माया बसेपछि… (भिडियो)

काठमाडौँ : गायक अमृत जिरेलको पहिलो सांगीतिक सौगात ‘यति माया….’ बाेलकाे गीत बजारमा अाएकाे छ ।

गायक अमृत जिरेलकाे स्वर तथा लेखनमा हाईलाईट्स म्युजिकले साे गीत बजारमा ल्याएकाे हाे । गीतलाई राजु राईले संगीत दिएका छन भने राजिब खड्काले एरेन्ज गरेका हुन ।

गीतकाे भिडियाेमा रगंकर्मी ईष्टु कार्की संग गाैतम जिरेलले अभिनय गरेका छन । किशाेर अनुरागकाे निर्देशन रहेकाे साे भिडियाे अहिले युट्युवमा समेत लाेकप्रिय भैरहेकाे छ ।

गायक जिरेल को यो पहिलो गीत हो। गीत सेन्टिमेन्ट मेलोडी शैलीमा प्रस्तुत गरिएको छ । गीतको सुटिङ जहरसिंह पौवा, भोटेचौर, निलबाराही मन्दिर परिसर तथा काठमाडौको विभिन्न क्षेत्रमा गरेको हो।

भिडियोमा नेपाल पत्रकार महासंघ दोलखा शाखा का कार्यसमिति सदस्य समेत रहेका सन्चारकर्मी गौतम जिरेल र नाट्यकर्म बाट उदाएकी रंगकर्मी ईष्टु कार्किले अभिनय गरेका छन ।

जिरेलले यो भन्दा अघि पनि पहिलो जिरेल भाषाको चलचित्र समय ‘बेला’ , ‘त्यो कालो रात’ जस्ता आधा दर्जन भन्दा बढी लघु चलचित्रमा अभिनय गरेका छन भने कार्कीले ‘घाेडचढी’, ‘मकैकाे अर्कै खेती’, ‘दाँतकाे डाेब’ लगायत थुप्रै नाटकमा उनले अभिनय गरि सकेकी छिन ।

दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीका जिरेल स्थानिय सामुदायिक रेडियो जिरी एफ.एम. मा कार्यरत छन भने सर्लाहीमा जन्मेकी कार्की बिगत पाँच बर्ष देखि निरन्तर रगं क्षेत्रमा संघर्षरत छिन ।

राजु के. सि. द्वारा छायांकन गरिएको “यति माया ” मातृभुमी सिनेमा को ब्यानरमा निर्माण गरिएको हो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*