भत्केको साँढे २ वर्षपछि यस्तो बन्दैछ धरहरा (भिडियोसहित)

२०७२ साल वैशाख १२ गतेको गएको विनाश्कारी भूकम्पका कारण भत्किएको काठमाडौंको धरहरा अहिले सम्म बन्न सकेको थिएन। तर अब भने नेपालकै धरोहरको रुपमा रहेको धरहराको पुनर्निर्माणको काम सुरु भएको छ । नयाँ बन्न लागेको धरहरा उही पुरानै डिजाइनमा तयार गरिने भएको छ। निकै ढिला पुनर्निर्माण गरिन लागेको धरहरा आधुनिक र सुविधा सम्पन्न बनाउन लागिएको छ ।

धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जी आई ईटिसी(रमन जेभी कम्पनीलाइ ३ अर्ब ४५ करोडमा बनाउने ठेक्का दिएको हो । धरहरा र्निर्माणको काम सुरु भइसकेको र अहिले धरहराको जग हाल्न खन्ने काम भैरहेको प्राधिकरनका बिभाग प्रमुखले जानकारी दिएको छ।

नयाँ निर्माण हुने धरहरा आधुनिक र सुबिधा सम्पन्न हुनेछ। सुन्धारा स्थित २९ रोपनी क्षेत्रफलमा फैलिएको क्षेत्रमा नया धरहरा ११ तलाको निर्माण हुनेछ। पुनर्निर्माण हुने धरहराको परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सबै आधुनिक सुविधाहरु उपलब्ध हुनेछन।

बाहिरबाट हेर्दा ११ तलाको देखिने भएपनि धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ । वि स १९९० सालमा भुइँचालोले भत्किनु अघि धरहरा ११ तलाको नै थियो तर त्यस बेला को महाभूकम्पले २ तला भत्काइदिए पछि धरहरा ९ तलामा सीमित भएको थियो ।

भिडियो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*