२६ वर्ष अगाडिको चर्चित गीत ‘आज हाम्रो भेट भाको दिन’ रिमेक भर्सनमा सार्वजनिक (भिडियोसहित)

२६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म “ज्वाला” मा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको चर्चित गीतमा अभिनेता सरोज खनाल र अभिनेत्री कृष्टि मैनालीले कम्मर मर्काएका थिए । अझै पनि यो गीत उत्तिकै बजिरहेको सुन्न पाइन्छ ।

अब उक्त गीतको रिमेक भर्सन फिल्म ‘दि ब्रेकअप’ मा समावेश गरिएको छ ।

नेपालीहरुको दोश्रो महान चाड तिहार पर्व नजिकिँदै गर्दा निर्माण टिमले पहिलो कोशेली स्वरुप सो गीत सार्वजनिक गरेको छ । “न्यू भर्सन” को यो गीतमा स्वर विराज गौतम र मेलिना राईको रहेको छ । “ओर्जिनल भर्सन” मा बुद्धवीर लामाको शब्द, शिला बहादुर मोक्तानको संगीत, आशा भोस्ले र उदितनारायण झाले स्वर दिएका थिए ।

गीतको भिडियोमा अभिनेता खनाल संयोगबस यो पटक पनि आफ्नै स्टेपमा देखिएका छन् । कृष्टिको भने अभाव खड्किन्छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा ुदि ब्रेकअपु का मुख्य कलाकारहरु खनालसँगै आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की फिचर्ड छन् ।

हेमराज बिसीको निर्देशनमा बनेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*