प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, आज खाए माछाको परिकार

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्माको ओलीको स्वास्थ्यमा  सुधार आएको छ । प्रधानमन्त्री ओलीको छातीमा भएको संक्रमण एकदमै कम भएको छ भने ज्वरो नियन्त्रणमा आएको छ ।

प्रधानमन्त्रीलाई दिइएको मुख्य एन्टिबायोटिकको डोज भोलि सकिनेछ । भोलिदेखि नशाबाट दिइने औषधिहरु रोकिनेछन् र मुखबाटै खुवाइने उपचारमा संलग्न डा. अरुण सायमीले बताए ।

स्वास्थ्यमा सुधार आएसँगै उनले बुधबार विहानै अस्पतालमै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफल गरेका थिए ।

डा. सायमीका अनुसार प्रधानमन्त्रीलाई दाल भात खान दिइएको थियो । बुधबार उनी आफैंले माछा खान हुन्छ कि हुन्न भनेर डाक्टरलाई सोधेका थिए । डाक्टरले हुन्छ भनेपछि मगाइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*