दोलखामा भुकम्पपिडितको टहरोमा आगलागी एकै परिवारका दुईको मृत्यु, एक घाइते

दोलखाको गौरीशंकर गाउँपालिकामा भुकम्पपिडितको टहरोमा आगलागी हुँदा एकै परिवारका २ जनाको मृत्यु भएको छ ।

आगलागीमा १ जना घाइते भएका छन् ।

जिल्लाको गौरीशंकर गाउँपालिका ९ स्थित टासिनाममा गोपाल शेर्पाको घरमा आगलागी हुँदा शेर्पाको आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो ।

आगलागीमा परि शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र छोरा १२ वर्षीय मिङमा शेर्पाको मृत्यु भएको दोलखाका प्रहरी ले जानकारी दिए  । आगलागीका कारण उनको जेठो छोरा १५ वर्षीय फुर्साङ शेर्पा घाइते भएका छन् ।

घाइते फुर्साङको उपचारका लागि सदरमुकाम चरिकोटतर्फ ल्याउँदै गरेको दोलखा प्रहरीले जनाएको छ ।

विहान करिब २ बजे लागेको आगो साँढे ४ मा प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो । गोपालको आमा अगेना नजिकै सुत्ने गरेकाले उनले ओडेको कपडा अगेनामा परि आगो सल्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।

७ जनाको परिवार रहेकोमा परिवारका ३ जना मात्रै घरमा रहेको र अन्य सदस्यहरु भने घरभन्दा आधा घण्टा टाढा गोठमा बस्दै आएकाले उनीहरु भने बाँच्न सफल भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*