सिन्धुलीमा बस दुर्घटना ३ जनाको मृत्यु

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोटमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा  अन्य चार भन्दा बढि घाइते भएका छन् ।

शुक्रबार दिउँसो काठमाडौका लागि छुटेको ना ६ ख ९१२ नम्बरको बस तीव्र गतिमा रहेका कारण दुर्घटनामा परेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

बस सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा एक जनाको घटनास्थलमा नै अरु २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ८ का २८ वर्षका रवि खड्का, बस चालक सिन्धुली मरिण गाउँपालिका ७ का २८ वर्षका राजकुमार लामा र सोही ठाउँमा २३ वर्षका अमित लामाको धुलिखेल अपतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*