अब अस्ट्रेलियामा रहेका आप्रवासीहरुलाई ग्रामीण क्षेत्रमा पठाइने

अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ ।

बिशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भएपनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक १.६ प्रतिशत रहेको छ ।

यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) मा आबद्ध मुलुकको तुलनामा सबैभन्दा बढी हो । सिड्नी, मेलबोर्न र दक्षिणपूर्वी क्वीन्सल्यान्ड विश्वमै सर्वाधिक तीव्र गतिमा विकास भइरहेका शहरमध्येका हुन्, र यसो हुनुमा विदेशी आप्रवासी प्रमुख कारण हो, जनसंख्या मन्त्री अलान टजले भने ।

अस्ट्रेलियाका पूर्वी क्षेत्रका सहरहरुमा यही कारण पूर्वाधारमा मात्र गत वर्ष करिब १५ अर्ब अस्ट्रेलियाली डलर खर्च भएको थियो । बेलैमा नरोकिए सन् २०३० सम्ममा यो रकम करिब ४० अर्ब अस्ट्रेलियाली डलर पुग्नेछ, मेलबोर्नको मेन्जीज अनुसन्धान केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री टजले बताए  ।

अस्ट्रेलिया वर्षौंदेखि विश्वभरका मानिसका लागि आकर्षक गन्तव्यस्थल रहँदै आएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*