घटस्थापनाको शुभ साइत बिहान ७ : १५ बजे, शेयर गरि सबैलाई जानकारी गरौ !!

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको दसैँको शुभ साइत बिहान ९:५१ बजे रहेको छ। समितिका सचिव सूर्य ढुंगेलका अनुसार टिकाकै दिन बिहान ९ :३९ मा देवी विसर्जनको साइत रहेको छ।

यस पटक दसैं कार्तिक २ गते परेको छ। यस्तै घटस्थापनाको साइत बिहान ७ : १५ बजे रहेको छ। भोली बुधबार प्रतिपदादेखि नवरात्र सुरु हुँदैछ।

नवरात्रको पहिलो दिन भोली (बुधबार) बिहान ७ बजेर १५ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका सचिव ढुंगेलले बताए। यस पटक फूलपाली असोज ३० गते
परेको छ भने महानवमी कार्तिक १ र विजया दशमी २ गते परेको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*