भारतीय डान्स रियालिटी शोमा गायक दीपक बज्राचार्यको बहुचर्चित गीत ‘मन मगन…’मा देखियो धमाकेदार नृत्य, जजले खुलेर गरे नेपाली गीतको तारिफ (भिडियो)

काठमाडौं । चर्चित गायक दीपक बज्राचार्यको गीत ‘मन मगन..’ युट्युबमा भाइरल बनिरहेका बेला यो गीतले सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा समेत विशेष स्थान पाएको छ ।

सोमबार बिहानैदेखि सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा नेवारी पोसाक लगाएका ‘मन मगन ’ बोलको चर्चित गीतमा तीनजना युवाको डान्स भाइरल बनेको छ । दीपक बज्राचार्यको चर्चित गीत ‘मन मगन’ मा गरिएको उत्कृष्ण नृत्यका कारण उनीहरू चर्चामा आएका हुन् ।

भारतीय डान्स रियालिटी शो ‘डीआईडी ४’ को अडिसन राउन्डमा काठमाडौंको रैपिडो च्याम्स समूहले सो गीतमा डान्स गरेको हो ।

जुन गीतले नेपालमा मात्रै होइन भारतमा पनि ब्यापक चर्चा बटुलीरहेको छ । जुन गीतमा १८ देखि २१ वर्ष उमेर समूहका प्रतीयोगीहरुले नृत्यको डीआईडी ४’ का जुरीहरूले प्रशंसा समेत गज्जबसँग पाएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*