यति एयरलाइन्सको विमान स्यालसँग ठोक्कियो !

फाइल फोटो

काठमाडौँबाट उडेको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा स्यालसँग ठोकिएको छ । आइतबार राति करिब ८ बजे यति एयरको ‘नाइन एन एएमएम’ कल साइनको विमान स्यालसँग ठोक्किएको बुझिएको छ।

स्यालसँग ठोक्किए पछी विमानको बायाँ भागमा क्षति पुगेको बताइएको छ । तर विमानमा कुनै ठूलो क्षति भने नभएको र यात्रुहरु सकुशल रहेको जानकारी प्राप्त भएको छ।

विमानस्थलको धावनमार्ग छेउमा झाडी भएकाले उक्त घटना भएको बुझिएको छ भने झाडी हटाउनको लागि निर्देशन दिइसकिएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*