दुई बालिकालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

काभ्रे । काभ्रेमा ९ वर्षका दुई बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको  छ । एकवर्षदेखि कक्षा ५ मा अध्ययनरत दुईजना छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक शंकर पहरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पहरीलाई पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको छ । शिक्षकलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको प्रहरीले जनाए  ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*