अन्तर्राष्ट्रिय स्कूल जाउ दिवसका दिन MSAS परियोजनाको उद्घाटन

काठमाडौँ : अन्तर्राष्ट्रिय स्कूल जाउ दिवसका दिन, काठमाडौँ जिल्लाको शंखारापुर नगरपालिका, वडा नं. २, पटाप अवस्थित श्री शारदा मा. बि. मा एक समारोह बीच विद्यालय (MSAS) परियोजनाको उद्घाटन गरिएको छ ।

उक्त परियोजनाले ग्रामिण भेगहरुमा रहेका सामुदायिक तथा अन्य विद्यालयहरुमा अध्यायनरत बिद्यार्थीहरुको शैक्षिक स्तर विकास गरी अन्य जीवन उपयोगी शिपहरुको विकासमा टेवा पुर्याउने आयोजक सर्वांगीण विकास नेपाल संस्थाले जनाएको छ ।

परियोजना उद्घाटन तथा अन्तरक्रिया समारोह शंखारापुर नगरपालिका, वडा नं. २ कार्यालयको सहयोगमा सम्पन्न गरिएको थियो ।

उक्त समारोहमा वडा अध्यक्ष श्री जीवन लामा, विद्यालय व्यवस्थापन समिति तथा अविभावक समितिका पदाधिकारी, शिक्षक, स्थानीय बासिन्दा, बिद्यार्थी तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

श्री शारदा मा. वि. बाट सुरु गरिएको उक्त परियोजना क्रमश देशका विभिन्न बिद्यालयहरुमा संचालन गरिने उक्त संस्थाले जानकारी गराएको छ ।

उक्त परियोजना अन्तर्गत स्थानीय शिक्षक, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वयम् सेवक तथा बिज्ञहरुको टोलि परिचालनद्वारा विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि तथा जीवन उपयोगी शिपहरुको विकास गरी उनीहरुलाई भविष्यकालागि शिपयुक्त तथा प्रतिष्पर्धी जनशक्तिका रुपमा विकास गर्ने लक्ष रहेको आयोजक संस्थाले जनाएको छ ।

बिद्यार्थीको चौतर्फी विकासका साथ-साथै सामुदायिक तथा सरकारी विद्यालय गुणस्तरमा सुधार गरी यस्ता बिद्यालयमा स्थानियको आकर्षण वृद्धि गर्ने समेत यस परियोजनाको लक्ष रहेको छ ।