जनताको घरमा उज्यालो छर्ने कुलमानलाई ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान ! (बधाई छ🌹🌹)

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित भएको छ ।

रेडियो, टेलिभिजनलगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ कम्पनीजले शनिबार राजधानीमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक घिसिङलाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

कम्पनीले ऊर्जा क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाललाई कहालीलाग्दो लोडसेडिङबाट मुक्त गरेको भन्दै घिसिङलाई सम्मानित गरिएको जनाएको छ ।

दुई वर्ष अघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए । २०७५ सालको वैशाखबाट मुलुक लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।

उनकै नेतृत्वमा आर्थिक वर्ष आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आ व २०७३/७४मा  १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।

आव ०७४/७५मा प्राधिकरणको नाफा १ अर्ब १ करोड रुपैयाँ आर्जन हुने प्रक्षेपण गरिएको छ । संचालन नाफा ७ अर्ब ८६  करोड रुपैयाँ रहेकाले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि खूद वार्षिक नाफा अहिले प्रक्षेपितभन्दा अझै बढ्ने अनुमान गरिएको छ ।

घिसिङकै नेतृत्वमा गएको आर्थिक वर्षमा विद्युत चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ ।

जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो । जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करिब ५.५ प्रतिशत र करिब १४.५ प्रतिशत रहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*