शक्तिशाली भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान

Humas Basarnas personnel carry a recovered body from Hotel Roa Roa in Palu, Indonesia September 30, 2018 in this picture obtained from social media. Picture taken September 30, 2018. HUMAS BASARNAS/via REUTERS

इन्डोनेसिया। इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार एक हजार भन्दा बढी पुगेको छ ।

यस भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरिएको छ । खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने जनाइएको छ ।

उद्धारकर्मीहरुले भूकम्पबाट भत्किएका घरहरुको भग्नावशेषबाट कैयौँ व्यक्तिको शव निकालेका छन् ।

सरकारी तथ्याङ्कअनुसार भने यो सङ्ख्या ८३२ पुगेको बताइएको छ । भूकम्प गएको चार दिनपछि दुर्गम इलाकामा अझै पनि सम्पर्क हुन सकेको छैन । घरका भग्नावशेषबाट जिवीतै व्यक्ति उद्धारको लागि उद्धारकर्ताको प्रयास जारी रहेको छ ।

इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री इलाकासम्म उद्धारकर्ता अझै पुग्न बाँकी रहेकाले मृतकहरु बढ्नसक्ने जनाइएको हो ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पीडितको सहयोगका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँग अपिल गरेको छ ।

इण्डोनेशियाको तटीय सहर पालुमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*