पूरक एसईईको नतिजा सार्वजनिक, मोबाइलबाटै नतिजा यसरि हेर्नुस

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठीमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक तर्फको नतिजा सार्वजनिक गरेको छ । आईतबार सार्वजनिक नतिजा अनुसार परीक्षामा सहभागी मध्ये १ लाख ११ हजार ६ सय २३ जना को ग्रेडवृद्धि भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । २०७४ को परीक्षामा दुईभन्दा बढी विषयमा ‘डी’ र ‘ई’ ल्याएका १ लाख ६२ हजार ९ सय १० जना विद्यार्थीहरुले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए ।

जसमध्ये मध्ये १ लाख ११ हजार ६ सय २३ जना विद्यार्थीको ग्रेड परिवर्तन भएको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले बताए । परीक्षाको नतिजा प्रकाशन गर्दा गत २०७४ सालको नियमित तथा एक्जेक्टेड परीक्षाको प्राप्तांक प्राप्त गर्ने परीक्षार्थीहरुको मात्र ग्रेड वृद्धि नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक रेग्मीको भनाइ छ ।

परीक्षार्थीले आफूले प्राप्त गरेको नतिजामा चित्त नबुझेमा १५ दिन भित्रमा प्रति विषय रु. ५ सय राजस्व तिरी पनिका, क्षेशिनि र जिल्ला शिक्षा कार्यालयमा पुनर्योगका लागि निवेदन दिन सक्ने पनि कार्यालयले जनाएको छ ।

पूर्ण परिक्षामा चार लाख ४५ हजार ५६४ जना परीक्षार्थी सहभागी भएकोमा १२ हजार २८४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तीर्ण भएका थिए । त्यस्तै जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याएर ४२ हजार ४२७ जना, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याएर ५० हजार ६४६ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर ६१ हजार ९५५ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर ९१ हजार ३१४ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शून्यसम्म ल्याएर एक लाख ८ हजार ४६४ जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ६४ हजार ५७७ जना, शून्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ११ हजार २८५ जना र शून्य दशमलव ८० सम्म १५ जना उत्तीर्ण भएका थिए ।

परीक्षामा उमेर नपुगेका दुईजना, सैद्धान्तिक विषयको परीक्षामा सहभागी नभएका एक हजार ३२० जना र प्रयोगात्मक परीक्षा नदिएका एक हजार ३८ जनाको नतिजा रोकिएको छ ।

त्यस्तै २१६ जनाको उत्तरपुस्तिका रद्द भएको र सात हजार ६०४ जनाले परीक्षा छाडेको जनाएको छ । त्यसैगरी एक्जाम्टेडतर्फ जम्मा १६ हजार ५७२ जना परीक्षार्थी रहेकोमा जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर कोही पनि उत्तीर्ण भएका छैनन् ।

यसतर्फ जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म दुईजना उत्तीर्ण भएका छन्, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म २१ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर २२२ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर एक हजार ९६४ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शून्यसम्म ल्याएर सात हजार ४७० जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याएर पाँच हजार ७५८ जना, शून्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ६०५ जना र शून्य दशमलव ८० सम्म एकजना उत्तीर्ण भएका छन् ।

सैद्धान्तिक विषयको परीक्षा नदिएका ४७१ जना, प्रयोगात्मक नदिएका २६ जना, उत्तरपुस्तिका रद्द ३१ जना र परीक्षा नदिएका दुई हजार ४०२ जना रहेको पनि पत्रकार सम्मेलनमा कार्यालयले जनाएको छ । परीक्षामा ‘सी’ र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको गे्रड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । दुई विषयसम्म परीक्षामा सहभागी नभएका परीक्षार्थीले पनि ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाएका थिए ।

मूल विषयमा दुई विषय भन्दा बढी अनुपस्थित रहेको र दुई विषयभन्दा बढी विषयमा ग्रेड नखुलेको परीक्षार्थी आगामी वर्षको परीक्षामा एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ । गतवर्ष दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी भने नहुने बताइएको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*