निर्मलाका हत्यारा भेटिन १२ वर्ष लाग्न सक्छः प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अपराधिक घटनाको छानविनका लागि लामो समय लाग्न सक्ने बताएका छन् । १२ वर्ष पछि पत्ता लागेको एउटा घटनाको उदाहरण दिंदै प्रधानमन्त्री ओलीले कञ्चनपुरको निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटना पनि सोही प्रकृतिको भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओलीलाई पत्रकार सुर्य थापाले लिएको अन्तवार्ताको क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका छन् ।

उनले अन्तरवार्ताका क्रममा भनेका छन् । ‘सरकार यसमा सफल भएको छैन । यसमा म दम्भ गर्दिन । सरकारले दोशी पत्ता लगाउन सकेको छैन । कोशिष गरेको छ । कहिले काहि यस्ता घटना पत्ता लगाउन धेरै समय लाग्छ । १२ वर्ष अघि भएको एउटा अपराधिक घटनाको पत्ता लागेको छ । दशी प्रमाण जुटाउन समय लाग्छ । तर यो सरकारले नै यस्तो अपराध गरायो भन्ने खालको कुरा आएको छ यो राजनीतिक दरिद्रताको कुरा हो । नेपालीहरु यति नैतिक मुल्यमा तल गिरेर भएको घटना छ हामी त्यो घटनाको दोशी पत्ता लगाउँछौं । समय लाग्न सक्छ ।’

उनले अगाडी भने, ‘लुकेर गरेको अपराधलाई सरकारले तत्काल पत्ता लगाउन सकेन होला ।’

‘हाम्रो संयन्त्र कस्तो छ ? राज्यका संयन्त्र कत्तिको सबल छ त्यो हेर्नुपर्छ । संयन्त्रलाई बलियो बनाउन तर्फ सहयोग गर्नुपर्छ । राज्य यस्ता अपराधलाई ढाकछोप गर्दैन । हामी राज्य संयन्त्रलाई सवल बनाउँछौं । सामाजिक धरातललाई माथि उठाउँछौं । राजनीतिक स्तर पनि तल खसकेो छ । जे पनि बोकेर हिड्ने । पार्टीको कुनै एजेण्डा नै छैन । जसले जे पनि मुद्या उठाएर हिड्ने गरेका छन् । यस्तो राजनीतिक संस्कृति एकछिनका लागि हो । दयालाग्दो संस्कृति हो । यसलाई माथि उठाउनु छ ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*