नेपालको हरेक दुखमा साथ दिने जापानबाट आयो दुखद खबर: ५० भन्दा बढी घाइते

जापान। जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् ।

मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको जनाएका छन् । ‘तुफान त्रामी’ नाम दिइएको यस आँधीले पश्चिमी जापानको बुलेट ट्रेनलाई पनि प्रभावित बनाएको छ ।

त्यसैगरी झण्डै एक हजार उडान रद्द गरिएका छन् भने अन्य विभिन्न सेवामा पनि आँधीको असर परेको छ ।

आइतबार साँझदेखि टोकियो सहित त्यस आसपासको ठूलो क्षेत्रमा प्रभाव देखिने अनुमान गरिएको छ । आइतबार बेलुका टोकियोको पनि रेलसेवा बन्द गरिने भएको छ । स्थानीय समय अनुसार बेलुका छ बजेतिर ओसाका क्षेत्रमा आँधी आएको थियो ।

शाक्तिशाली सो आँधी ओकीनावामा पनि आएको अधिकारीहरुको भनाइ छ । आँधीका कारण थुप्रै घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

अहिलेसम्म कसैको मृत्युको खबर नआएको अधिकारीहरुले बताएका छन् ।आँधीका कारण भारी बर्षा भैरहेको र ठूलो हावाहुरी चलिरहेको खबर जापानी संचारमाध्यमहरुले निरन्तर प्रसारण गरिरहेका छन् ।

सरकारी सञ्चार माध्यमले जनाएअनुसार झण्डै तीन लाख घरमा विद्युत सेवा अवरुद्ध भएको छ । आँधी आएका बेला बाहिर ननिस्कन अधिकारीहरुले चेतावनी दिएका छन् ।

मौसम विज्ञान अधिकारीहरुले यो आँधी अघिल्लो महिना आएको आँधी भन्दा ठूलो हुनसक्ने र २५ बर्ष यताकै शक्तिशाली हुने सम्भावना रहेको बताएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*