दशैको मुखैमा चिनीको मूल्य प्रति किलो १५ रुपैयाँले बढ्यो

काठमाडौँ : सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ । चाँडपर्व नजिकिंदै गएको अवस्थामा सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य किलोमा १५ रुपैयाँ बढेको हो ।

सरकारले चिनी आयातमा बन्देज लगाएपछि व्यापारीहरुले कृत्रिम अभाव सृजना गरी मूल्य बढाएको हो ।

संघीय सरकारको मन्त्रिपरिषदको भदौ ३१ गतेको निर्णयले चिनीको आयातमा असोज ४ गतेदेखि परिमाणत्मक बन्देज लगाएको छ । सरकारी निर्णयसँगै व्यापारीहरुले चिनीको कृत्रिम अभाव सृजना गरेर मूल्य वृद्धि गरेको हो ।

एक साता अघि किलोको ६५ रुपैयाँमा पाउने चिनीको मूल्य अहिले एक्कासी ८० रुपैयाँ पुगेको छ ।

विराटनगरसँगै जोडिएको भारतीय बजार जोगबनीमा प्रति किलो ५४ रुपैयाँमा पाउने चिनी उपभोक्ताले यहाँको बजारमा ८० रुपैयाँमा खरिद गर्न बाध्य छन् । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटले भने चिनीको मूल्य ५९ रुपैयाँ यथावत राखेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*