२ हजार भन्दा बढी शिक्षकले दोलखा छोडे पछि ६ विद्यालय बन्द

दोलखा : शिक्षक सेवा आयोगको परिक्षा दिन शिक्षकहरुले दोलखा छोडे पछि ६ विद्यालय बन्द भएका छन् ।

दोलखाबाट २ हजार भन्दा बढी शिक्षकले परिक्षाको लागी आवेदन दिए सँगै सोहि संख्याका शिक्षकले जिल्ला छोडी सकेका छन् । शिक्षकहरु परिक्षा दिन गए पछि विद्यालय बन्द भएका हुन् ।

कालिन्चोक गाउँपालीका वडा नम्बर ४ लामीडाँडामा रहेको हिलेपानी संस्कृत माविमा १४ जना शिक्षक कार्यरत रहेकामा १० जना परिक्षा दिन गए पछि एक साताको लागी विद्यालय बन्द गरिएको हो ।

त्यसैगरी शैलुङ गाउँपालीकाको ५ विद्यालय बुधबारदेखी बन्द भएका छन् । गाउँपालीकाको कालिभुमी मावि, शारदा मावि, दुर्गा मावि, कल्लाबारी मावि र नविन मावि बन्द गरिएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका अनुसार प्रावि, निमावि र मावि तहमा गरि २ हजार ६ सय ६९ ले आवेदन दिएका हुन् । प्रावि तहमा आवेदन दिनेको संख्या १ हजार ७ सय ४९, निमावि तहका लागि ५ सय ९६ जना र मावी तहका लागि जम्मा ३ सय २४ जनाले आवेदन दिएका छन् ।

परिक्षा ११ गते मावी तहको, १२ गते निमावी र १३ गते प्राविको परिक्षा हुने जनाइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*