मलेसियाबाट ४७ जना नेपाली पक्राउ

मलेसियाको एक फ्याक्ट्रीबाट ४७ जना नेपाली युवाहरु पक्राउ परेका छन् । मलेसियाको साइबरीया भन्ने स्थानमा रहेको फ्यक्ट्रीलाई रेड गरेर इमिग्रेशनका अधिकारीहरुले ४७ जना नेपाली युवाहरुलाई मलेसियाको नियम तोडेको अभियोगमा पक्राउ गरेको अधिकारीले पुष्टि गरेका छन् ।

इमिग्रेशन डिपार्टमेन्टका महानिर्देशक डाटुकसेरी मुस्तुफा अलीलाई कोडगर्दै द स्टार अनलाईनले लेखेअनुसार पक्राउ परेका नेपालीहरु मलेसियामा टेम्पररी फोरन वर्कर पर्मिट भिषा क्याटगरीमा बस्दै आएका थिए ।

विदेशी कामदारले मलेसियामा पालन गर्नुपर्ने नियम कानुन पालना कम्पनीका मालिक र कारिन्दाले नगरेको पाइएकोले ती नेपाली कामदारहरुलाई पक्राउ गर्नुपरेको अलीले बताएका छन् ।

एउटा कम्पनीका लागि नेपालबाट गएका युवाहरु अर्कै कम्पनी र स्थानमा काम गरेको पाइएको थियो । उनीहरुलाई  स्थानीयले दिएको सूचनाको आधारमा उक्त कम्पनीमा रेड गरिएको थिायो ।

४७ जना नेपालीका साथै ५५ जना बङ्गलादेशी पुरुष तथा ३६ जना महिला र १७२ जना इन्डोनेशियन महिला तथा २५ जना पुरुष र तीन जना महिलाहरु म्यानमारका गरी जम्मा ३३८ जना रहेका छन् ।

पक्राउ परेकाहरुलाई ओभर स्टेइङ, अनुमति पत्र नभएका  तथा अनुमति लिएको ठाउँभन्दा बाहिर गएर बसेको पाइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*