स्पेनको बार्सिलोनामा गुड्न थाले ‘नेपाल’ बोकेका गाडीहरु (फोटो सहित)

बार्सिलोना, ३१ असार । स्पेनको पर्यटकीय शहर बार्सिलोनामा नेपाल बोकेका गाडीहरु गुड्न थालेका छन् । भिजिट नेपाल लेखिएका गाडीहरु (जुलाई १०) सोमबारदेखि गुड्न थालेका हुन् ।

नेपालको पर्यटन प्रवर्द्धनका पोस्टरहरुसहित ४ वटा फरक रुटमा चारवटा गाडीहरु आगामी अगष्ट १३ तारिखसम्म गुड्ने छन् । बसहरु विश्व प्रसिद्द बार्सिलोना फुटबल क्लबको स्टेडियम ‘क्याम्प नाउ’सम्म पनि नेपाल भ्रमणको निम्तो दिदै गुडेका छन् ।

यसका लागि समन्वय गरेका नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि दीपक खरेलले विश्वकै पर्यटकीय गन्तब्य शहर बार्सिलोनाका लोकल गाडीहरुमा नेपालको नाम जोड्न पाउनु सबैका लागि गौरवको बिषय भएको बताए ।

बिज्ञापनका लागि भएको खर्च २ हजार ६ सय १९ युरो ६५ सेन्ट खरेल कै संयोजकत्वमा यहाँका नेपालीहरुले नै संकलन गरेका थिए ।

यस अघि ‘नेपाल भ्रमण वर्ष-युरोप २०१७’को अभियान अन्तर्गत स्पेनिस ट्राभल एजेन्सीका सवारी साधनमा, नेपालीहरुका गाडी, रेष्टुरेन्ट तथा पसलहरुमा पोष्टर टाँस्ने काम सम्पन्न भएको थियो ।

नेपाल पर्यटन बोर्डले ‘नेपाल भ्रमण वर्ष-युरोप २०१७’ को अभियानमार्फत यस वर्ष युरोपबाट मात्रै २ लाख पर्यटकहरु नेपाल पुर्‍याउने लक्ष्य राखेको छ । अनलाइन खबर बाट

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*