आज सुनचाँदीको भाउ कति ? (पुरा विवरण पढ्नुस)

काठमाडौं : आज साताको दोस्रो दिन नेपाली बजारमा सुनको मुल्यमा केहि फरक छैन।

हिजो प्रतितोला ५५ हजार ८ रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज कुनै परिवर्तन नआएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मुल्य पनि कुनै घटबढ भएको छैन । हिजो प्रतितोला ७ सय २५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा नै कायम रहेको महासंघले जनाएको छ।

आज तेजावी सुनको मूल्य प्रतितोला ५५ हजार ५ सय रुपैयामा कारोबार भएको महासंघले जनाएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*