इन्डोनेसियामा फेरि दुई ठूला भूकम्प, ४०० बढीको मृत्यु

इन्डोनेसियाको पर्यटकीय द्विप लोम्बोकमा अाइतबार साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन् ।

भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ, ठाउँठाउँमा पहिरो गएको छ र भवनहरुमा ठूलो क्षति भएको छ ।

दुई साताको बीचमा लोम्बोकमा गएका दुईवटा ठूला भूकम्पले चार सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार आइतबार साँझको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको छ ।

त्यसपछि साँझको अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका छन् । यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन् ।

लोम्बोकमा यही अगष्ट ५ मा गएको ७.० रेक्टर स्केलको भूकम्पमा परी ४६० जनाको मृत्यु भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*