चीनमा शक्तिशाली आँधीका कारण दुई लाखभन्दा बढी प्रभावित

चीनको हेनान प्रान्तमा रुम्बीया नाम दिइएको आँधीका कारण दुई लाख ६० हजार प्रभावित भएका छन् ।

यस बर्षको यो अठारौँ शक्तिशाली आँधी रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

हेनान प्रान्तमा शुक्रबार र शनिबार भएको ठूलो बर्षाका कारण धेरै सहर तथा जिल्लाहरुमा बाढी आएको थियो ।

प्रान्तीय गृह मामिला विभागले स्थानीय समय अनुसार शनिबार बेलुका ९ बजेको मुसलधारे बर्षाका कारण ६२ लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको जनाएको छ ।

अहिलेसम्म कुनै मानवीय क्षतिको खबर नरहेको समाचारमा जनाइएको छ । बाढीका कारण १३८ ओटा घर क्षतिग्रस्त भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*