भोली मध्यान्न पछि भिषण वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौंः भोली दिउसोसम्म देशका कुनैपनि नदीहरुमा बाढी जोखिम छैन । तर भोली दिउसो पछि देशैभर वर्षा हुने सम्भावना रहेको छ ।

विशेष गरी प्रदेश १, २, ३, गण्डकी र ५ को क्षेत्रमा ठुलो वर्षा भइ पर्सिसम्म नै कायम रहने देखिएकाको छ ।

उक्त प्रदेशहरुबाट बहने साना र मझौला सबै खोलानालाहरुमा उच्च सतर्कता जरुरी रहेको बाढी नियन्त्रण इकाइले जनाएको छ ।