बुर्का लगाएकी महिलालाई पुलिसकर्मीले अंगालो हालेको तस्बिरले मच्चायो हंगामा !

एजेन्सी : युरोपका विभिन्न देशमा बुर्का लगाएर पूरा अनुहार ढाक्नेबारे बहस चलिरहेको छ । केही देशले सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध गरेको छ ।

डेनमार्कले पनि हालै यस्तो कानून पारित गरेको थियो । अगस्ट १ तारिखदेखि लागू गरिएको यो कानून अनुसार पहिलो पटक महिलालाई जरिवाना पनि लगाइयो ।

एक महिलाले बुर्का लगाएर सपिङ मलमा जाँदा एक सय ५५ डलर अर्थात् लगभग १७ हजार रुपैयाँ जरिवाना लगाइयो ।  तर अब एउटा यस्तो फोटो भाइरल भएको छ जसमा बुर्का लगाएकी महिलालाई एक पुलिसकर्मीले अँगालो हालिरहेकी छिन् ।

बुर्कामा प्रतिबन्धपछि लगातार प्रदर्शन पनि भइरहेको छ । रिपोर्ट अनुसार सयौं मानिसहरुले डेनमार्कमा ‘धार्मिक र वैचारिक स्वतन्त्रमाथि प्रतिबन्ध’ लगाएको भन्दै नयाँ कानूनको विरोध गरेका हुन् ।

गत बुधबार कोपेनहेगनमा भएको विरोध प्रदर्शनमा ३७ वर्षीया अयाह निकै भावुक भइन् र उनलाई एक पुलिसकर्मीले अंगालो हालेर सान्त्वना दिइन् ।

अँगालो हालेको यो फोटोलाई रोयटर्सका फोटोग्राफर एन्ड्रयू केलीले खिचेका हुन् । फोटोलाई पत्रिकामा हालेदेखि पोलिकिटेन्स वेबसाइटमा यसलाई अत्यधिक हेरिएको बिहिबार पत्रिकाले जानकारी दिएको छ ।

फोटोमा देखिएकी महिलाले प्रदर्शन अघि नयाँ कानूनले आफ्नो स्वतन्त्रतालाई सिमित पारिदिएको रोयटर्सलाई बताइन् ।

‘यो हामीले चिनेको डेनमार्क होइन । मैले चाहेको बेला बाहिर जान पाउँदिनँ । मेरा बच्चा छन् । मैले उनीहरुलाई स्कूलबाट फर्कने बेला कसरी लिन जाऔं, ’ आफ्नो पूरा नाम नलेखिदिन आग्रह गर्दै अयाहले भनिन् ।

‘निकै अचम्मको कुरा हो । मलाई जे मनपर्छ, त्यो मैले गर्न सक्दिनँ । म अब संग्रहालय वा समुन्द्री किनारामा जान पाउँदिनँ, फोटो खिच्न पाउँदिनँ । म आफ्नै घरमा कैदी हुँदैछु । तर म आफ्नो बुर्का निकाल्नुभन्दा घरभित्र कैदी जसरी बस्न रुचाउँछु, ’ उनले थपिन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*