कक्षा १२ को नतिजा सार्वजनिक ! मोबाइलबाटै यसरि हेर्नुस नतिजा (तरिका सहित)

काठमाडौं : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान परीक्षाफल प्रकाशित गरेको हो ।

परीक्षा बोर्डले यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको छ ।

ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा  ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् ।

यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११,२२१, २.०१ देखि २.८० जीपीए ल्याउनेमा ५८,३४५, २.०१ देखि २.४० जीपीए  ल्याउने ९०,२९९ परीक्षार्थी रहेका छन् ।

यस्तै १.६१ देखि २.० जीपीए  ल्याउने ६६,४३८, १.२१ देखि १.६० जीपीए  ल्याउने २२, ७३४, ०.८१ देखि १.२० जीपीए  ल्याउने ४४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् ।

वैशाखमा भएको परिक्षाम करिब ४ लाख विद्यार्थी सहभागी थिए।

यसरि हेर्नुस नतिजा :

१. राष्ट्रिय परिक्षा बोर्डको वेबसाइट : www.neb.gov.np

२. नेपाल टेलिकम : www.neb.ntc.net.np

३. One Up कम्युनिकेशन : www.meroshikya.com

४. कान्तिपुर पब्लिकेशन : www.ekantipur.com

त्यसैगरी SMS बाट 

१. नेपाल टेलिकमको १६००मा SMS गर्ने तरिका :

NEB<Symbol no.टाइप गरि १६०० मा SMS गर्ने

२. जानकी टेक्नोलोजी प्रा.लि. को ३५००१ मा SMS गर्ने तरिका :

NEB<space>Symbol no. टाईप गरि ३५००१ मा SMS गर्ने

३. इजी डिजीटल सर्भिस प्रा.लि. को ३१००७ मा SMS गर्ने तरिका :

NEB<Space>Symbol no.टाइप गरि ३१००७ मा SMS गर्ने

४. आकाश टेक प्रा.लि. को ३१००३ मा SMS गर्ने तरिका :

NEB<space> Symbol no. टाइप गरि ३१००३ मा SMS गर्ने

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*