फेरी विवादमा रानिपोखरी निर्माण: नेपाली सेनालाई निर्माणकाे जिम्मा दिने निष्कर्षमा मेयर शाक्य

काठमाडौं । रानिपोखरी निर्माण गर्ने बिषयमा पुन:बिवाद सिर्जना भएको छ । पुन: निर्माणमा काठमाडौं महानगरकापालिका का मेयर विद्यासुन्दर शाक्य नेपाली सेनालाई दिने निष्कर्षमा पुगेका बताएका छन् ।

तर उपमेयर हरिप्रभा खड्गीसहित केही वडाध्यक्षले भने त्यसको विरोध गरेका छन् ।

यो योजनाको सुरुमा काठमाडौं माहानगरले रानिपोखरीसँगै नजिकै रहेको बालगोपालेश्वर मन्दिरको पुन निर्माण गर्ने जिम्मा पाएको थिायो ।

तर, कंक्रिट प्रयोग गरेको भन्दै पुरातत्व विभागले सुरुमा मन्दिर निर्माण खोसेको थियो ।

यो घटनासँगै जनप्रतिनिधी आलोचित बनेका थिए । त्यसपछि विज्ञ समूहले कंक्रिट हटाउन र रानीपोखरीलाई मल्लकालीन शैलीमै बनाउन सुझाव दियो ।

उसले मल्लकालीन शैलीमा बनाउन अनुमति नदिएपछि अहिले रानीपोखरी निर्माण अलपत्र परेसँगै जनप्रतिनिधी बदनाम भईरहेका छन् ।

आफु आलोचनाबाट बच्न मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी पुनर्निर्माणमा सेनालाई जिम्मा दिन खोजिएको देखिन्छ । तर सेनाले यो जिम्मा लिन मन्त्रीमण्डलबाटै स्वीकृति लिनुपर्ने हुन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*