रक्सीले मातेर जहाज उडाउन खोज्ने पाइलटलाई त्रिभुवन विमानस्थलले लियाे नियन्त्रण

काठमाडौँ । त्रिभुवन विमानस्थल प्रशासनले मदिरा पिएर मातेको अबस्थामा पाईलटले उडान गर्न खोजेपछि उडान रोकेको छ ।

आइतवार दुबई जान लागेको फ्लाई दुबईको जहाजलाई त्रिभुवन विमानस्थल प्रशासनले रोकिदिएको हो ।

मदिरा पिएर मातेका पाइलटले दुबईका लागि जान लागेको फ्लाई दुबईका जहाज उडाउन खोजेपछि उनीहरुलाई रोकेर नियन्त्रणमा लिएको विमानस्थल प्रशासनले जनाएको छ ।

पाईलट रक्सीले पुरै मातेको अवस्थाका अबस्थामा थिए । जहाज चालक दलका अन्य सदस्यले थाहा पाएपछि उजुरी दिएका थिए ।

सोही उजुरीका आधामा उनलाई नियन्त्रणमा लिइएको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*