कम्युनिष्ट सरकारको ओरालो यात्रा

शीर्ष नेता को बनेन प्रधानमन्त्री ? सबैले सत्ता सञ्चालन गरे, देश सञ्चालन गर्न सके कि सकेनन् ? तीतो अनुभव छ आमनागरिकमा । प्राविधिकरूपमा सत्तामा पुग्न जति कठिन छ, सत्तामा पुग्नासाथ त्यो कठिन यात्रा भुलेर स्वार्थको भुँमरीको रन्थमोलमा रन्थनिनु र सफलताको आत्मरति गर्नुमा नै शीर्ष नेताहरूको समय बित्यो ।

के यसरी समय बिताउनुमात्र राजनीति हो ? राजनीतिका शीर्षस्थहरूले पालैपालो सत्ताका कमाण्डर बन्ने अवसर त प्राप्त गरे, देशलाई एउटा गतिमा गतिमान गराउने कमान गर्न सकेनन् । राजनीतिमा टलक्कै टल्कने यी नेता हीरा बन्न सकेनन् । कुनै दिन विपी कोइराला, मनमोहन अधिकारी थिए, यी नेता र सडकको अवस्था उस्तै छ । कुनैबेला ट्रिपरले अचार बनाउ“छ कि कतातिर कुन गाडीले लतार्छ, कुन खाल्डामा परेर इतिश्री हुनुपर्ने हो, भन्नै सकिँदैन ।

प्रधानमन्त्री केपी ओली चन्द्रागिरि पुगेर ८ घण्टा बिताउ“छन्, कण्ठस्थ पारेको ‘कविता’ वरिपरि भीड राखेर लेख्छन् र ‘मरेपछि पनि सपना देख्न पाऊ“’ भन्छन् । भेला भेलाका कविले ओलीमा प्रतिभा देखे, आशुकविजस्तो भनेर फुक्र्याए पनि । के चाहियो, सा“झ डिनरकै आयोजना गरिदिए उनले । साहित्यकारहरू लेख्छन्, सुनाउन र पढाउन लालायित हुन्छन्, हाम्रा प्रधानमन्त्री साहित्यकारलाई नै सुनाउ“छन् र आफ्ना सपनाको कविता सुनाउ“छन् । ६ महिनामा के ग¥यो सरकारले, कति लोकतान्त्रिक देखियो सरकार, कुन कुन लोकप्रिय निर्णय ग¥यो, देखाउने केही नपाएपछि प्रधानमन्त्रीले कविता लेखेर देखाइदिए । कवि ओलीका कविता पनि गोलीजस्ता ।

महŒवपूर्ण सवाल इच्छाशक्ति रहेछ । इच्छाशक्ति नै नहुनु र का“च टल्कनुउस्तै हुने रहेछ । इतिहासमै सर्वशक्तिमान प्रधानमन्त्री, ६ महिनामा गरेको काम सपना र सपनाको कविता । उनले गरेका निर्णय धमाधम अदालतको अन्तरिम आदेशबाट रोकिने र राजदूत नियुक्त गरेको पनि संविधान विपरीत । सरकार नै संविधानको पालना गर्दैन र संविधान कार्यान्वयन गर्छु भन्छ भने संविधान दुर्घटनामा परेन त ?

सिएनएन, बिबिसीजस्ता शक्तिशाली सञ्चार माध्यमले नेपालको जनयुद्धको, जनआन्दोलनको र दुईपल्ट संविधानसभा, संविधान निर्माण र चुनावबारे आश्चर्यलाग्दा समाचार दिए । नेपालमा कम्युनिस्टले प्रजातन्त्रवादीलाई हृवाइटहाउसजस्तै खालको चुनावमा पराजित पारेको खबर पनि आठौं आश्चर्यकै रूपमा दिए ।

लामो समय जनताले मिलेर जाऊ भन्ने खालका जनादेश दिएका थिए । स्थिरता, विकास र शान्तिका लागि आमनिर्वाचनमा कम्युनिस्टलाई ध्वस्त देश निर्माण गरेर देखाऊ भन्ने बहुमत दिएका छन् । जनादेशबाट उदाएको रातो सूर्यले देशवासीलाई खुशी र न्यानो अनुभूति गराउला ? अहिलेसम्म कम्युनिस्ट पनि कनफट्टा जोगी र भोगी नै सावित भइरहेको छ ।

‘रोक्ने को हो दूरदर्शी विचारका धारा, यो हो नया“ नेपालको बोक्ने अभिभारा ?’ यो कम्युनिस्टको नारा जनतालाई स्वाद लागेछ, ‘ल, कम्युनिस्ट बोक अभिभारा’ भनेर जनादेश दिएका हुन् । उता झरीमा बाढीपहीरोले जनता मरिरहे, छटपटाइरहे, यता कम्युनिस्ट सरकारले असारे विकासमा भ्रष्टाचार गरेर देखाए ।

जनादेशको त्यो टा“चालाई कम्युनिस्टले भ्रष्टाचारी ढा“चा देखाएर अपमान पो गरे चुनावमा टलक्क टल्केको एमाले र माओवादी नेकपा बन्यो र नेकपालाई नेपाल कपाकप पो बनाउन थाले । ‘अल्छी तिघ्रे, कम्युनिस्ट बिग्रे’ भन्ने कतिपय नागरिक ओली देशभक्त हीरा बन्न नखोजेकोमा असन्तुष्ट छन् । सुशासनको शिखर चढ्ला भन्ने अपेक्षा गरेको नेकपा का“चको गुच्चा गुडेझैं अनुशासनहीनताको ओह्रालो गुड्न थालेको छ ।

भन्ने गरिन्छ– टल्कने सबै चिज हीरा हुँदैनन् । माओ बन्छु भनेर प्रचण्डपथ नै आविस्कार गर्ने जनयुद्धका वैज्ञानिक प्रचण्ड अन्ततः लोकपथमा नोज डाइभ गर्न बाध्य भए । सुशासन र समृद्धि मेरै सपना हो भन्ने ओली भ्रष्टाचारको दलदलमै फसेका छन् । नेकपालाई जेट जसरी उडाउ“छौँ भन्ने पाइलटद्वय प्रचण्ड र ओली माफियाका साझेदार नेपाल एयरलाइन्सका पाइलट सुवर्ण अवालेभन्दा भिन्न देखिन छाडेको छन् ।

आमनागरिक यी दुई नेतालाई मिलेको देखेर नेपालमा पनि बिस्मार्क जन्म्यो भन्नेसम्मका खुशियालीमा थिए । यो सरकारले अहिले जसरी जनतामाथि करको भार र राज्यमाथि अनावश्यक खर्चको भार थोपरेको छ, यो सब भोग्न थालेका नागरिकका लागि बिस्मार्क होइन बिनसित्तिको साबित भइसके ।

कमरेडहरूका सामु समानताका लागि १९६८ मा छाती थापेर गोली खाने मार्टिन लुथर किङजस्तै महामानव बन्ने मौका थियो, सत्ता र सम्पत्तिका लागि भुनभुनाउ“दा अवसर गुम्यो, गुमाइरहेका छन् । स्वार्थको खोरियामा अलमलिँदा विद्यमान सशक्तता महान कार्यको आधार बन्न सकेन ।

बोल्सेविक क्रान्तिपछि रूसमा एक लाख मानिस मारिए, भियतनामको सैनिक सरकारले समाजविरोधी भन्दै हजारौं मानिसको हत्या ग¥यो, हिटलरले त ३ लाख मानिसलाई गिलोटिनले अचानोमा गि“डे । नेपालमा १७ हजार मानिस मारिएपछि बनाउन लागेको ‘नया“ नेपाल’ मा जनताको बली चढाउने क्रान्तिपूजा रोकिएको छैन । जनआन्दोलन, जनयुद्ध र संक्रमणकालभरि सत्ता टिकाउन, परिवर्तनका लागि, देशभक्त देखिने जनता मारिए, अधिनायकवादी शैली स्थापित गर्न नया“ तरिकाले मान्छे मारिने क्रम जारी छ ।

जनता मार्ने पूजा रोकिएको छैन, जनता बा“च्ने पूजा कहिले सुरु गर्ने ? जनयुद्ध, जनआन्दोलन, संविधान, निर्वाचन र निर्वाचित सरकार राजनीतिक हीराखानी नै हो, यस्ता हीराखानीबाट निस्केका नेता आफूलाई कम्युनिस्ट भनेर गर्व गर्छन् । यिनले नेपाली बनेर, म नेपाली हु“ भनेर गर्व गर्ने साइत कहिले जुर्छ ? सत्तामा भएपछि चर्चामा, समाचारमा टल्किनु स्वाभाविक हो, टल्किरहेकै छन् । का“च टल्किनु र हीरा टल्किनुको फरक जनताले बुझेका छन् । आजका जनता सचेत छन् । फरक यत्ति छ, नेपाली जनता सहनशील छन्, अतिसार नभएसम्म सलहजसरी आक्रमण गर्ने स्वभाव छैन यिनको ।

इतिहासलाई सम्झने हो भने, सन् १९५० पछि कम्युनिस्टको ‘अन्तर्राष्ट्रियवाद’ को इस्पाती धारले उठाएको सोभियत रूसको छातामुनि युरोपका सात राष्ट्रले शीतल ताप्नुप¥यो । खु्रस्चेभले क्युवालाई क्षेप्यास्त्रसम्म पनि बिक्री गरे तर माटोभन्दा अर्को राष्ट्रवाद रहेनछ भन्ने त्यतिबेला प्रमाणित भयो जतिबेला दुई कम्युनिस्ट रूस र चीनबीच युद्ध छेडियो । त्यस्तै हो ग्लोबल भिलेज र भूमण्डलीकरणको नारा पनि । यो नाराले धनी र शक्तिशाली राष्ट्रहरूको ‘आर्थिक कूटनीति’ को धरापमा साना राष्ट्रलाई च्यापेर साख्यअनुसारको दबदबा विस्तार गर्दैछन् । नेपाल यी दुवै र विस्तारवादको समेत चेपोमा छ । ढुंगा फोरेर पिपल उम्रने अवसर त छ, तर त्यस्तो अक्किल र आ“ट, साहस र हिम्मत हीराजस्ता नेतामा मात्र हुने गर्छ, हाम्रा का“चजस्ता नेतामा कहा“ पाउनु ¤

ख्रुस्चेभ आणविक अस्त्र किन्न ट्रकका ट्रक डलर बोकेर अन्तर्राष्ट्रिय बजार चहार्दा चहार्दै उनले आणविक अस्त्र किन्ने वस्तु होइन रहेछ भन्ने बुझेर ज्ञान पाएको अनुभूत गरेका थिए । हाम्रा समाजवादी, माओ–लेनिनवादीहरू चारतारा, सूर्य र ह“सिया हथौडामा मात्र सीमित छन् । यिनलाई बुद्ध, विज्ञान र प्रकृति थाहा छ तर त्यो नियत र नियममा आबद्ध हुनका लागि परिवर्तित हुनै चाहँदैनन् । यिनीहरू फ्युजन र रसायनका कुरा गर्छन्, यिनको फ्युजन र रसायन भनेको सत्ता स्वार्थको स्वर्गानुभूति मात्र हो । लोकतन्त्र भनेको पाएको बेलामा लुट्ने लखनौं लूट हो । नैतिकहीनहरूले लोकलज्जाबाट बच्न गर्ने हाराकिरी यिनका लागि जापानी समाचार मात्र हो ।

टाउकामा गिदी हुनुपर्छ, सत्ताको भोकका किरामात्र सलबलाए भने त्यस्तो नेताले माखो मार्दैन । उसका लागि सत्ता भनेको दुई हातले आफू सोहोर्ने र आफ्नालाई पञ्चदेवको हण्डी वितरण गर्ने ढुकुटीमात्र हुन्छ । यो कस्तो देश भने कांग्रेसी गिरिजाले प्रचण्डलाई का“धमा बोकेर सिंहदरबारमा बसाल्ने र प्रचण्डले गिरिजालाई राष्ट्रपतिको पापा देखाएर लोप्वा ख्वाउने ? देउवाले प्रचण्डलाई हाकिम ठान्ने, तिनै प्रचण्ड आफैँले तेस्रोलिंगी भनेका ओलीस“ग आन्द्राभु“डी जोड्ने ।

धर्मनिरपेक्ष घोषणा गर्न मिल्नेहरू, गणतन्त्र घोषणा गर्नेहरू, संविधान जारी गर्नेहरूबारे एमाले कित्ताका कवि लेखक नारायण ढकालको जिज्ञासा छ– ‘१९८४ मा गठन भएको रिमको सदस्य माओवादी भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान, पेरु, टर्की, ट्युनिसिया, हैटी, इटली, कोलम्बिया, इरान र युएसएका गरी एक दर्जनजति भुरामसिना पार्टीहरूजस्तै हो । ‘यो कुनै प्रतिगामी तागतको गुलाम बन्छ कि बन्दैन’ भन्ने प्रश्न अझै पनि भविष्यको गर्भमा छ ।

नेपालीहरू ढुंगामा देउता देख्छन् र नेतामा देवत्व खोज्छन् । मानवता जहा“ हुन्छ, त्यहा“ देवत्व हुन्छ । दानवी चरित्र देखाउनेहरूमा मानवता, लोकलज्जा, राष्ट्रिय दायित्व स्यालको सिङ खोजेजस्तै हो । किनकि, राजनीति तिल्के मारवाडीको अखडा जो बनिसक्यो । मुनाफाखोर प्रवृत्ति हीराजस्तो सक्कली टलकमा देखिन्न । यत्तिमात्र जानी राखौं– प्रत्येक टल्कने चिज हीरा हु“दैन । अहिले जुन झिलिकमिलिक छ, त्यो हीरा टल्केको होइन।

हिमालय टाइम्स दैनिक लेखक : राजन कार्की