पत्रकारले लिए भैँसीको अन्तरवार्ता, भिडियो हेरेर तपाँइ आफ्नो हाँसो रोक्न सक्नुहुन्न (भिडियो सहित)

पाकिस्तानी पत्रकार अमीन हाफिज अहिले इन्टरनेटमा निकै चर्चामा छन् । उनी चर्चामा आउनुको खास कारण छ । वास्तव मा उनले पत्रकारिता क्षेत्रमा यस्तो कृत्य गरेका छन् जो अहिलेसम्म कुनैपनि माइकालाल पत्रकारले गर्न सकेको थिएन ।

पाकिस्तानी टेलिभिजन जिओ टिभीका यी संवाददाताले भैँसीको अन्तर्वाता लिएर किर्तिमानी काम गरेका छन् । उनले भैँसीसँग अन्तरवार्ता लिँदा आफुले प्रश्नमात्र गरेनन् प्रश्नमा भैँसीले दिने मौन उत्तरलाई आफ्नो भाषामा अनुवाद गरेर झनै रोचक बनाएका छन्।

टेलिभिजनमा लाहोर सहरमा मानिसलाई सडक पार गर्नका लागि बनाइएका आकासे पुलहरुमा मानिस भन्दा धेरै जनावरहरु आवतजावत गर्ने गरेको विषयमा हाफिजले एक रोचक रिपोर्ट तयार पारेका छन् ।

सुरक्षित रुपमा सडक पार गर्नका लागि बनाइएका आकाशे पुलहरु पैदल यात्रुले प्रयोग कम गर्ने गरेको र असुरक्षित रुपमा बाटो काट्ने गरेको तर गाइभैँसीले भने आकाशे पुलका सिँढी समेत चढेर पुल पार गर्ने गरेको सन्दर्भलाई जोड्दै उनले आकाशे पुल पार गरेको भैँसीको अगाडि गएर माइक तेर्साउँछन् र सोध्छन्, यी आकाशे पुलको सिँढी चढ्न सजिलो लाग्यो कि गाह्रो ?

जवाफमा भैँसी ले यसो भने हेर्नुस यो भिडियो :

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*