केपी ओलीले मोहन राजवंशीलाई कुटेर नालामा फालेपछि…

झापाली विद्रोहलाई नेपाली कम्युनिष्टहरु एउटा पाठ मान्छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पनि झापा विद्रोहमा सहभागी थिए । तत्कालीन निरंकुश पञ्चायती शासकहरुद्वारा सुखानीमा हत्या गरिएका रामनाथ दाहाल ओलीका राजनीतिक गुरु हुन् । ओली दाहालकै घरमा बस्थे ।

दाहालपत्नी अहिले एमाले सल्लाहकार परिषद् सदस्य छिन् । उनी ओलीलाई युवावस्थादेखि नै चिन्छिन् । झापामा तत्कालीन प्रधानपञ्च मोहन राजवंशीलाई कुटपिट गरेर (म-यो भन्ने ओलीहरुको अनुमान थियो तर मरेका थिएनन् ) खोलामा बगाएपछि ओली कसरी भूमिगत भए ?

विश्वेसराकै शब्दमा उनको संस्मरणः केपी ओलीलाई मैले ०२२/२३ सालतिर चिनेको हो । राजनीतिक हिसाबले भने ०२५ सालमा मेरो बिहे भएपछि मात्रै उहाँसित राम्ररी चिनजान भयो । त्यसअघि उहाँसित राम्ररी कुराकानी नहुने भए पनि देखभेट भने भइरहन्थ्यो । म तेह्रथुमको पोखरी हाइस्कुलमा पढ्थें ।

त्यसको केही तल छिपारे चौतारी थियो । चौतारीमुन्तिर पञ्चमी बजार । र, बजारको तल गाईभैंसीलाई पानी खुवाउने, नुहाउने आल–पोखरी थियो । हो, त्यही आल–पोखरीको तल केपी ओलीको घर थियो । केपीसित हाम्रो घरायसी नाता सम्बन्ध पनि थियो । मेरो माइली दिदीको ओलीसँगै बिहे भएको थियो । ठूली भाउजु ओलीकै छोरी हुन् । धेरै जकडिएको नाता सम्बन्ध ।

०२५ सालमा रामनाथ दाहालसँग मेरो बिहे भयो । त्यसपछि केपीलाई राम्ररी चिनेको हुँ, राजनीतिक रुपमा पनि । पछि त हामी एउटै घरमा पनि बस्यौं झापामा । केपी घैलाडुवा हाइस्कुलमा पढ्नुहुन्थ्यो । विद्यार्थी नेता पनि हुनुहुन्थ्यो । चञ्चले स्वभाव थियो उहाँको । मान्छेहरुलाई तुरुन्तै जवाफ दिने, मन नपरेको कुरामा तत्कालै कडा प्रतिवाद गरिहाल्ने स्वभाव थियो । उहाँको राजनीतिक गुरु रामनाथ नै हो ।

केपीहरुले प्रधानपञ्चलाई कुटेर नालामा फाले

त्यतिबेला पञ्चायतले ‘धरम–भकारी चलाएको थियो । गरिबहरुका लागि भनेर गाउँबाट धान, चामल, जम्मा गरेर धरम–भकारीमा राखिन्थ्यो । अनिकाल पर्दा गरिब असहायहरुलाई दिनका लागि त्यो जम्मा गरिएको हुन्थ्यो । तर, पञ्चहरुले धरम–भकारीबाट धान–चामल हराउने, हिसाब–किताब नै नराखेर हिनामिना गर्ने गर्थे ।

रामनाथले त्यसकाविरुद्ध आन्दोलन चलाउनुभएको थियो । झापामा किसान आन्दोलन पनि तीव्र हुँदै थियो त्यतिबेला । धरम भकारीसँगै जातीय विभेदविरुद्ध र मोहियानी आन्दोलनको नेतृत्व पनि रामनाथले नै गर्नुभएको थियो । यो कुरा पञ्चहरुलाई पाच्य हुनै कुरै भएन ।

त्यसैले उहाँमाथि गाउँलेहरुलाई भड्काएको भन्दै देशद्रोहीको आरोप लगाए । ०२७ सालमा बेलडाँगीमा भएको कार्यक्रममा रामनाथले धरम भकारीविरुद्ध विद्रोहको घोषणा नै गर्नुभयो । त्यसपछि प्रहरीले उहाँलाई पक्राउ ग¥यो । झापाको अनारमुनिमा त्यतिबेला गाउँ पञ्चायत थियो । त्यहाँ पञ्च मोहन राजवंशीसहित साहु महाजनको भेला बसेछ । रामनाथलाई देशद्रोही घोषणा गरेर जेलबाट निस्कन नदिने प्रस्ताव प्रधानपञ्चले गरेछन् ।

यो कुरा केपीहरुले थाहा पाएर सुराकी गर्न एकजनालाई पठाएछन् । प्रधानपञ्चले त ‘रामनाथ देशद्रोही हो, त्यसलाई छाड्नुहुन्न’ भनेर प्रशासनलाई लेखेर पठाउने निर्णय गरेछन् । त्यसपछि त्यो प्रधानपञ्च मोहन राजवंशीलाई कुट्न भनेर केपीको नेतृत्वमा चार/पाँचजना साथीहरु बाटो ढुकेर बसेछन् । मलाई लाग्छ त्यो टोलीमा केपीसँगै कार्की साइँला, तुलसी दाहाल, नारायण संग्रौला, बस्नेत लगायतका साथीहरु थिए ।

चारपानेको कच्चुबाडीको बाटोमा आँपको रुखनजिक उनीहरु ढुकेका रहेछन् । नजिकै दुईवटा नाला पनि थिए । बर्खाको बेला थियो । साँझको बेलामा प्रधानपञ्च मोहन राजवंशी साइकल चढेर फर्कंदै रहेछन् । साइकल कति जोरले पो कुद्थ्यो र ? आँपको रुखनजिक केपीहरुले उनलाई साइकलबाट लडाएर कुटेछन् । निकै कुटेछन् ।

म¥यो भन्ने भएपछि नालामा फालेर हिंडेछन् । साँझ ६÷७ बजेको थियो होला, मैले खाना पकाइसकेकी थिएँ । केपीहरु सबैजना आए र ‘हामीले त प्रधानपञ्चलाई कुटेर मा¥यौं र नालामा फालेर आयौं’ भने । अलिअलि आत्तिएका पनि थिए सबैजना । त्यस्तो बेला थियो त्यसमाथि प्रधानपञ्चलाई मारेर नालामा फालेर आएका ।

आत्तिनु स्वाभाविक नै थियो । त्यसपछि मैले ‘खाना खाओ र भागिहाल’ भनें । एउटै थालमा भात राखिदिएँ । हतारहतार उनीहरुले एउटै थालबाट भात खाए । केपीले भने भात खाएनन् । उनले एक गिलास दही खाए । त्यसपछि उनीहरु गइहाले । केपी ओली भूमिगत भएको त्यही दिनदेखि हो । केपीहरु गएको त्यस्तै २०–२५ मिनेट भएको थियो होला, प्रहरी पो आइपुग्यो । ‘तिम्रा मान्छेहरु मान्छे मारेर आएका छन्, कहाँ गए ?’ भन्न थाले । मैले भने, ‘मान्छे मारेर आएका मान्छे घर आउँछन् कि भाग्छन् ?

यहाँ त कोहाी आएका छैनन्, आफैं खोज भनें । प्रहरीले धेरैवेर तनाव दियो । घर खानतलासी ग¥यो । आखिर घरमा कोही पनि थिएनन् । सबै भागिसकेका थिए । राति फेरि घरमा एकपटक प्रहरी आयो, तर घरमा कसैलाई फेला पारेनन् । खासमा केपीहरुले मरिसक्यो भनेर फालेका प्रधानपञ्च मरेको रहेनछ । कसैले नालामा देखेर उसलाई बाहिर निकालेछ । आफूलाई कुट्नेहरु सबैलाई उसले चिनिसकेको थियो । प्रहरीलाई ‘फलानो–फलानोले मलाई मार्न खोजे, रामनाथकहाँ बस्नेहरु हुन्’, भनेर बताएको रहेछ । उसैले बताएपछि प्रहरीहरु केपीलाई खोज्न आएका रहेछन् ।

केपीलाई मारेको हल्ला चल्यो

खाना खाएर भागेका केपीहरु तेह्रथुम पहाडतिर लागेका रहेछन् । प्रहरीले उनीहरुलाई पछ्याइरहेको रहेछ । ढुंगाले हिर्काउँदा रहेछन् । भागिरहेको मान्छेलाई हान्दा त अलिअलि अगाडि हान्नुपर्ने हो नि । जहाँनेर मान्छे छ त्यहींभेर हान्ने । उनीहरुले हानेको ढुंगा हामीतिर आइपुग्दा हामी अगाडि दगुरिसकेका हुन्थ्यौं ।

पुलिसको बुद्धि भनेर पछि केपी ओलीले हँसाउनुहुन्थ्यो । प्रहरीले समात्ने देखेपछि केपी ओली तमोर खोलामा हामफालेछन् । सुनेको माझीले बचाएका थिए रे । तर, केपी चाहिं आफैं पौडिएर निस्किएको हुँ भन्थे । मैले माझीको सहयोगमा त होला नि भन्थें । तमोरमा हामफालेदेखि प्रहरीले मारेर केपीलाई तमोर खोलामा फालेको हल्ला चल्यो । केपी कसैको सम्पर्कमा थिएनन् । सबैले प्रहरीले मा¥यो भन्ने सोचेका थिए ।

(केपी ओलीका राजनीतिक गुरु तथा सुखानीका शहीद रामनाथ दाहालकी पत्नि विश्वेसरा दाहालसँगको कुराकानीमा आधारित)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*